अपडेट 
२०८० जेष्ठ २८, आईतवार १७:५७

वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा रहेको मूख्य नाला सफा गर्ने क्रममा ठूलो परिमाणमा गोली बरामद भएको छ । वीरगन्ज महानगरपालिकाको जेसीबी प्रयोग गरी आइतबार बिहान साढे ९ बजे नाला सफा गर्ने क्रममा फोहोरमा शंकास्पद प्लास्टिकको झोला फेला परेको थियो ।

सरसफाई कर्मचारीले तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सामा खबर गरेका थिए । प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीका अनुसार खबर प्राप्त हुनासाथ प्रहरी चौकी आदर्शनगरबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासमेत रहेका डीएसपी बुढाथोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त प्लास्टिकको झोला खोली हेर्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउड गोली फेला परेको बताए ।

डीएसपी बुढाथोकीका अनुसार हर्नेटको गोली १७ राउण्ड, एसएलआरको ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, ४५ एमएमको ४ राउण्ड, फेडेरलको ८ राउण्ड, विनचेस्टरको ५ राउण्ड, ७ एमएमको १ राउण्ड, बिग्रेको खोला ४ राउण्ड गोली बरामद भएको छ । प्रहरीले यसबारे थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News