अपडेट 
२०८० जेष्ठ २८, आईतवार १९:०५

जनकपुरधामबाट चोरीको सामान सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय राजेश मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका १२ हनुमान नगर स्थितबाट स्थानीयको सहयोगमा प्रहरी चौकी हनुमाननगरबाट सादा पोशाकमा खटेको टोलीले सामान सहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले युवकको साथबाट मोवाईल २ थान, नेपाली रु २ हजार, भारतीय रु ८७०, चाँदीको पाउजु २ थान, कानमा लगाउने मुन्द्रा १ थान र पर्स १ थानसहित चोरी गरी भाग्दै गरेको अवस्थामा युवकलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News