अपडेट 
२०८० जेष्ठ २९, सोमबार ०५:४१

रंगरोगन, विद्युतीकरण र मार्वलको परिचर्चालाई नियाँल्दै जाँदा मन्दिरको अस्तित्वमाथि नै भइरहेको खेलवाड भइरहेको छ । प्रदेश सरकारले सौन्दर्यकरणका लागि विनियोजन गरेको रकमलाई पुरातत्वका विज्ञहरुले सिफारिस गरेको मार्वलले गर्मी याममा खुट्टा पोल्नेदेखि आँखा नै खाने अवस्था विद्यमान छ । विद्युतीकरण गर्दा गरिएको गतिविधि र स्वेच्छाचारी रंगरोगन मन्दिरको गरिमा एवं सौन्दर्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ । मन्दिरको अस्तित्वसँग खेलबाड गर्दे मन्दिरको सेरोफरोमा निर्माणाधीन र निर्माण भइसकेको संरचनाले प्राचीन विशिष्टता र आस्थामाथि प्रहारको दृश्यलाई नियाँल्दै रहनु विश्वसम्पदा सूचीमा समावेशका् आशालाई कुटिलताको जालोमा पार्ने संकेत गरिरहेको छ , जसलाई उत्पाती अपसंस्कृति बढ़नु मान्न सकिन्छ । सरकारद्वारा वि. स. २०६२ साल साउन २६ गते भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदन पुस्तकमा यस्तै तथ्यतर्फ ध्यानाकर्षण गराइएको पाइन्छ । वृहत्तर जनकपुर विकासद्वारा प्रकाशित सो प्रतिवेदन पुस्तकमा मन्दिरको जग्गा सन्दर्भमा जानकी मन्दिरको नाममा जनकपुरमा कति जग्गा थियो , ती मध्ये कति जग्गा मनखप , दोकानी , पूजामा कति रैतानी नम्बरीमा परिणत र कति तैनाथी कायम रहेको स्रेस्ता उपलब्ध नहुनुले सम्पति मासिदै गएको तथ्यसमेत प्रस्तुत छ । गुठी संस्थानले यस मन्दिरको नाममा रहेको सम्पूर्ण जग्गा , जमिन , चल अचल सम्पति रेखदेख गर्ने , सोको आम्दानी खर्च दुरुस्त राखी मन्दिर सुव्यवस्थित रुपमा परिचालन गर्न , मन्दिरको कुनै पनि सम्पति बेचबिखन , दान दातव्य मनखपद्वारा कसैलाई पनि दिन न पाउने प्रक्रिया अनुरूप नै छुट गुठी भित्र राखी सोको जिम्मेवारी मन्दिरका महन्तलाई सुम्पेकोमा महन्तहरूले यसलाई निजी किसिमले काम कारवाही गरी सम्पति बारे अन्योल सिर्जना गरेको पुस्तकमा उल्लेख छ । साविकमा सो मन्दिरको जग्गा ५९८ विघा १० कठ्ठा ४ धूर रहेको थियो । यस पृष्ठभूमिमा जानकी मन्दिरको पुरानो स्रेस्ता गुठी संस्थान कार्यालय जनकपुरमा फेला नपरेको प्रतिवेदनले ध्यानाकर्षण गराएको छ ।प्रतिवेदनमा भनिएको छ ,“ पुरानो स्रेस्ता अर्थात वि.स. १९८३ सालको लगत गुठी संस्थान शाखा कार्यालयमा भेट्टाइएन । वि.स. २०२९ सालमा तत्कालिन अञ्चलाधीश कार्यालय जनकपुरले जानकी स्थानका तत्कालीन महन्त ( १३ औ ) रामशरण दास बैष्णवबाट त्यस स्थानमा भएको जग्गाको फाँटवारी जमीन नगदीबाट हुने आय बारे माग गरेकोमा जानकी मन्दिर मन्दिरले पेश गरेको लगतलाई नै गुठीले आधिकारिक माने पनि विं स. १९८३ मा जानकी मन्दिरको नाममा रहेको जग्गाको अवस्था बारे यथार्थ स्रेस्ता उपलब्ध गराउन सकेको देखिएन ।” जानकी मन्दिरका १३ औ. महन्त रामशरण दासले वि. स. २०२९ सालमा तत्कालीन अञ्चलाधीश कार्यालय जनकपुरमा प्रस्तुत गरेको जग्गा फाँटवारी अनुसार जानकी मन्दिरको नाममा ९१ विघा १८ कठ्ठा ८ धुर जग्गाको लगत रहेको देखिएको छ ।साविकमा उल्लेख बमोजिमको जग्गा महन्तहरूले के प्रयोजनमा प्रयोग गरे सो सम्बन्धमा गुठीमा कुनै स्रेस्ता नहुनुले पनि मन्दिरको जग्गा मासिने अवस्थालाई दर्शाइ रहेको कुरा प्रतिवेदनमा उल्लेख छ । वि.स. २०२९ सालमा ५ विघा १० कठ्ठा २ धुर ४ कनमा जग्गा सट्टा भर्ना भइ आएकोबाट जानकी मन्दिरको गुठीको नाममा ९७ विघा ८ कठ्ठा ८ धुर ४ कनमा भइ १९८३को जग्गामा केही वृद्धि भएको देखिएको छ ।जानकी मन्दिरको केही जग्गा रेल्वे, चुरोट कारखाना ( हाल प्रदेश सरकार ) , परिक्रमा सडक र अस्पतालमासमेत गाभिएको देखिन्छ ।

ऐतिहासिक पक्ष :

जनकपुरधामको ऐतिहासिकता खोज्दा त्रेता युगमा पुग्नु पर्दछ ,जुन हजारौं वर्ष पुरानो इतिहास मानिन्छ । युग बदलिंदा प्रलय भइ विनास हुन्छ र सृष्टिको क्रम शुरू हुने मान्यता रहेको छ । यसै क्रममा भगवान रामचन्द्रलाई विष्णुको अवतार र जानकी मातालाई आदिशक्ति भवानीको स्वरूपमा प्राण प्रतिष्ठित त्रेता युगका मूर्तिहरू प्रलंयकारी परिवर्तन हुँदा भूगर्भमा रहन पुगेको थियो ।सत्रौं शताब्दीको अन्त्यतिर सन्त सूरकिशोर दासले भूगर्भ रहेका जानकी माताको मूर्तिलाई सिद्धत्व साधनाबाट पता लगाइ उत्खनन् गरी मन्दिरमा प्रतिष्ठित गराएपछि जनकपुरको पुनः उत्थान भएको मानिन्छ । सोही कारणले सन्त सूरकिशोर दासलाई आधुनिक जनकपुरको अन्वेषक पनि भनिएको छ ।आदि सन्त सूरकिशोर दासका शिष्य प्रयाग दासका ( दोस्रो महन्त ) समयमा ईस्वी सन् १७२७ मा मकवानपुरका राजा मणिक सेनले आध्यात्मिक शक्तिबाट पता लगाइएको जानकीमाताको मूर्तिको दर्शन गरी पूजा आजा ,पर्व जात्रा तथा सन्तको भण्डाराका लागि जग्गा गुठीका रूपमा ( कुश विर्ता ) प्रदान गरेको देखिन्छ । मन्दिरका ११ औं महन्त रामकृष्णका पालामा सानो जानकी मन्दिर मण्डपलाई गर्भगृहमा राखी राजपुताना ,हिन्दू , मैथिल र मुगल शैलीको सम्मिश्रण गरी वर्तमान मन्दिर निर्माण भएको हो । भारत टिगमगढकी रानी वृषभानु कुँवरिले आफ्नो आस्था र विश्वासका कारण जानकी मन्दिर बनाउने अठोट गरिन र ईस्वी सन् १८९४ ( वि स. १९५२ माघ २८ गते ) मा यस मन्दिरको शिलान्यास गरेको इतिहास पाइन्छ ।ईस्वी सन् १९११ फरवरी ११ मा ( वि.स. १९६७ माघ २८ गते ) मा सो मन्दिरको निर्माण कार्य ( १२ वर्षमा ) सम्पन्न भइ मूर्तिहरूको प्राण प्रतिष्ठा गरिएको थियो । मन्दिर पूर्ण हुँदा वृषमानको मृत्यु भइसकेका कारण टिकमगढकी कान्छी महारानी गणेश कुँवरि साथ सीतारामका मूर्तिलाई गरगहनाले सज्जित गरी प्राण प्रतिष्ठा गरिएको थियो ।सो मन्दिरको निर्माण बिट्रिस महारानीका चाँदीका सिक्काहरू ३ देखि ४ लाख खर्च भनिए पनि मन्दिर बनाउन शरूमा नौ लाख संकल्प गरिएको मैथिली साहित्यहरूमा उल्लेख छ । मन्दिरमा सीतारामको मूर्ति प्राण प्रतिष्ठा वैदिक विधि अनुसार मंगलधुनिका साथ विहान ५ बजे फौज हात्ती तोपहरूबाट बढाई गरिएको थियो । बढाईका लागि दरभंगा महाराजाबाट फौज , हात्ती र तोपहरू ल्याइएको उल्लेख पनि रहेको छ ।कलाकारको मिठो सपना बोलेको यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना ठूला गुम्बज र बुर्जाहरूले घेरिएको र ६० कोठा रहेको यस मन्दिरमा शिश महल र गर्भगृह विशेष महत्वपूर्ण छन् । जानकी मन्दिर वास्तुकला ,अदुभूत डिजाइन , विलुप्त हुँदै गएको निर्माण प्रविधि सहित मानव सिर्जनाको उत्कृष्ट नमूनाका रूपमा हामी बीच अवस्थित छ ।

भौतिक स्थिति :

प्रतिवेदनमा जानकी मन्दिरको प्रशस्त जग्गा , जमीन र अन्य आयस्रोत समेत रहेको तापनि मन्दिरको अवस्था दयनीय रहेको छ । मन्दिरको रंगरोगन एवम् स्याहार सम्भारमा उचित ध्यान नदिइ स्वेच्छाचारी ढङ् गले रंगरोगन गरिने गरिएका कारण मन्दिरको संरचना मक्किदै गएको र पर्खालबाट पाप्रा उप्किदै छन् उल्लेख छ । विगतमा मन्दिरको शोभाका रूपमा रहेको गुम्बज र बुर्जामा प्रयोग गरिएका प्राचीन कलात्मक स्वर्ण गजुरहरू गायब भएको तथा मन्दिरको स्थापनाका समयमा र त्यसपछि पनि भगवान राम, लक्ष्मण र जानकी मातालाई चढाइएका बहुमूल्य आभूषण गहनासमेत गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं पु¥याइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ ,“ ती बहुमूल्य गहनाहरू कहाँ र कुन अवस्थामा राखिएका छन् त्यसबारे व्यापक जनचासो रहे तापनि सन्तोषजनक जानकारी प्राप्त नभएको देखिन्छ , मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि रहेको ढुङ्गाको कलातमक सिंहजोडीको हीराजडित आँखा पनि निकालिएको भन्ने भनाइ रहेको छ ।” मन्दिरका नाममा रहेको जग्गाबाट , मन्दिरको पोखरीबाट , घर बहालबाट र श्रद्धालुहरूको दान , चढौना र भेटीबाट मन्दिरलाई वर्षेनी लाखौं रूपैंयाको आम्दानीलाई वर्तमानं महन्त रामतपेश्वरले अपारदर्शी राखेको र भौतिक संरचनातर्फको बेवास्ताले मन्दिरको संरचनासमेत बिग्रदै गएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा मन्दिरका महन्तसँग गौलोचन , गजमणि , स्यालको सिङ्ग रहेको तर त्यसको कुनै अभिलेख नराखिएकाले व्यक्तिगत हुने बलियो सम्भावना व्यक्त गरिएको छ । प्रतिवेदनमा भनिएको छ , “ जग्गा अतिक्रमित भइ दिनानुदिन घटि रहेको छ तर गुठीले आफ्नो संरक्षणको भूमिका निर्वाह गरेको छैन , महन्तले आपूm खशी जग्गाको पजनी गरिरहेको छ र यसमा गुठी संस्थानका कार्यालयको नियन्त्रणात्मक देखिएको छैन ।”

जग्गाको अवस्था :

जानकी मन्दिरका जग्गाहरू व्यवस्थापनका विभिन्न कमी कमजोरी , बढदो जनसंख्याको चाप , धार्मिक आस्थामा गिरावट , लोभ लालचको बढोत्तरी , आडम्बरीपनाको पराकाष्ठाले विलीन भएका वा विलीन हुने प्रक्रियामा रहेकोतर्फ छ । मन्दिरका जग्गाहरूलाई नक्कली हस्ताक्षर गरी छाप लगाई कबुलियत लेखि आपूmले कुत बुझेको भरपाई दिई प्रति कठ्ठा २५ देखि ५० हजारको दरमा बिक्री गरेको दर्जनौं सन्दर्भ पनि प्रतिवेदनमा उल्लेख छ । पुरानो मितिको जालसाजी मनखपका कागज हालमा तयार गरी त्यसमा घर बनाउन लगाएको पनि कथन पाइन्छ । मन्दिरका विभिन्न पोखरीहरूको डिलमा निर्माण कार्य गर्न लगाइएको , मन्दिरका वरिपरिका अति धार्मिक एवम् संवेदनशील स्थानमा अतिक्रमण गरी धार्मिक र सांस्कृतिक धरोहर नष्ट गरिएको र गर्ने तरखरमा रह्कोतर्फ सजग हुनु अपरिहार्य छ ।

Comment


Related News

Latest News

Trending News