२०८० जेष्ठ २९, सोमबार १३:०५

सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १२ मा विषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।

बागमती नगरपालिकामा बस्ने कुमार विकका ४ वर्षका छोरा सलिन विकको विषालु सर्पको टोकाइबाट ज्यान गएको हो । आइतबार राति घरमा सुतिरहेकै स्थानमा बालकलाई सर्पले टोकेको थियो । बालको अवस्था गम्भीर बनेपछि बालकलाई राति करिब २ बजे उपचारका लागि सर्लाहीको नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा पु¥याइएको थियो । अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले बालकलाई मृत घोषण गरेको सर्प दंश उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेलले जानकारी दिनु भयो ।बालकलाई ढिलागरि अस्पताल ल्याएकै कारण वालकाको मृत्यु भएको चिकित्सकको भनाई छ ।  बालकका बुवा वैदेशिक रोजगारीमा छन् भने आमा घर बाहिर रहेको र बालक आफ्नो सानिमा सँग घरमा रहेको अवस्थामा बालकलाई सर्पले टोकेको थियो ।

बालकलाई सर्पले टोकेको आफूले नदेखेको र पछि औलाबाट रगत बगेको देखेपछि मात्र सर्पले टोकेको सङका लागेर अस्पताल लगिएको आफन्तले बताएका छन् । बिहान घरमा हेर्ने क्रममा गोमन सर्प बालक सुतेको कोठामा पता लागेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । बालकको शव सर्पदशं उपचार केन्द्रमै रहको प्रहरीले जनाएको छ ।

पछिल्लो समय जिल्लामा अत्यधिक गर्मी बढ्दा सर्पले टोकेका बिरामीको सङ्ख्या बढेको नवलपुर स्थित सर्पदंश उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेलले जानकारी दिनु भयो ।

Comment


Related News

Latest News

Trending News