२०८० जेष्ठ २९, सोमबार १४:४०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।१५ हजार बिगो कायम गरी उनीहरुमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News