अपडेट 
२०८० जेष्ठ २९, सोमबार १७:१०

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूको पनि मतदाता नामावली सङ्कलन गर्ने भएको छ । राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी नामावली सङ्कलनको काम  आगामी साउन १ देखि  गरिने जानकारी गराएका हुन् ।

त्यसका लागि विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने  तयारी आयोगको रहेको थपलियाले बताए ।

त्यसपछि सम्बन्धित देशको कूटनीतिक नियोगमा व्यक्तिको फोटो र औँठाछाप सङ्कलन गर्ने आयोगले जनाएको छ । पहिलो चरणमा खाडी मुलुकहरू युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली सङ्कलन गर्ने तयारी निर्वाचन आयोगको रहेको प्रमुख आयुक्त थपलियाको भनाइ रहेको छ ।

थपलियाले भने, ‘कूटनीतिक नियोगकै एक कर्मचारीलाई तोकेर मतदाता नामावली दर्ता गर्न लगाउने र सफ्टवेयरबाट उक्त नामावली लिएर निर्वाचन आयोगले नै अन्तिम निर्णय लिने, विदेशमा रहेकालाई सम्बन्धित देशबाटै मताधिकारको व्यवस्था छैन । यस सम्बन्धी कानुन आउँदा नामावली यो हो भन्दा सहज हुने बुझाइका साथ आयोगले यस्तो आन्तरिक तयारी गरेको हो ।’

Comment


Related News

Latest News

Trending News