अपडेट 
२०८० जेष्ठ ३०, मंगलवार ०६:३७

जनकपुरधामबाट उडान भर्न लागेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ ।

सोमबार साँझ पाँच बजेर २० मिनेटको बुद्ध एयरको ५०८ नम्बरको विमान दुर्घटना हुनबाट जोगिएको छ । निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी जनकपुरधामबाट काठमाण्डुको लागि उडान भर्न लाग्दा विमानको इञ्जिनमा धुँवा आएको थियो । धुँवा र गन्ध आएको देखिएपछि तत्काल उडानलाई रनवेबाट स्थगित गरी पार्किंगमा फर्काइएको थियो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख भीम दत्त पन्तका अनुसार विमानको एसीसिष्टमबाट गन्ध आएपछि प्राविधिकहरुले तत्काल उडान स्थगित गर्नुपर्ने बताएपछि उडान स्थगित गरिएको छ । सो विमानका ५३ जना यात्रुहरुलाई अर्को प्लेनमा काठमाण्डु पठाइएको छ भने सामान्य अवस्थामा आएपछि मात्रै विमान उडान गरिने बताए । यस प्रकारको खराबी आउनु सामान्य कुरो रहेको बताउँदै उनले यसको कारणले भयभीत हुनुपर्ने आवश्यकता नरहेको उनले प्रष्ट पारे । समयमै चेकजाँचमै समस्या फेला परेकोले सम्भावित दुर्घटनाबाट विमान जोगिएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News