अपडेट 
२०८० जेष्ठ ३०, मंगलवार ०६:४७

सिरहामा सूर्यनारायण सत्यनारायण मोरबैता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवम् प्राध्यापक कार्यकक्षमै थुनिएका छन् ।

सोमबार जनमत विद्यार्थी संघले उनीहरुलाई कार्यकक्षमै एक घण्टा थुनेका थिए । स्ववियू निर्वाचनमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्नुपर्ने माग गर्दै क्याम्पस प्रमुख र प्राध्यापकलाई थुनिएको सभापति दीपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार क्याम्पस प्रशासनले निर्वाचित भएको दुई महिना वितिक्सदासमेत प्रमाणपत्र दिएका छैनन् । क्याम्पस प्रमुख रामहित यादव, सहायक क्याम्पस प्रमुख ब्रह्मदेव यादव, प्रशासन प्रमुख प्रदीप यादव र निर्वाचन समितिका सदस्य देवशंकर यादवलाई उनीहरुले कार्यकक्षमा थुनेका थिए ।

गत चैत ५ मा भएको स्ववियू निर्वाचन भएको थियो । उक्त निर्वाचनमा निर्वाचित भएको प्रमाणपत्र र स्ववियू पदाधिकारी बस्ने कार्यकक्षको निम्ति आग्रह गर्दा वेवास्ता भएपछि तालाबन्दीमा उत्रिनुपरेको सभापति यादवले बताए । कार्यकक्षमै उनीहरुलाई एक घण्टा थुनेपछि ताला खोलिएको थियो । सबै प्रक्रिया पु¥याएर उनीहरुलाई प्रमाणपत्र उपलब्ध गराउने क्यामप्स प्रमुखको आश्वासन छ । यता नेविसंघ, विद्यार्थी फोरम लगायतले निर्वाचनमा धाँधली भएको भन्दै आन्दोलनमा रहेको छ । जसले गर्दा क्याम्पसमा पटकपटक तालाबन्दी हुने गरेको छ ।

क्याम्पस प्रमुख यादवले सबै विद्यार्थी संगठनलाई वार्ताबाट सहमतिमा आउन आग्रह गरे पनि सहमति हुन नसकेको बताए । निर्वाचनको परिणाम घोषणा भएपछि अरू विद्यार्थी संगठनको अवरोधको कारणले प्रमाणपत्र हस्तान्तरणमा ढिलाइ भइरहेको बताए । नेविसंघका क्याम्पस इकाइ सभापति नवरत्न साहले स्ववियू निर्वाचनमा फर्जी विद्यार्थी फेला परेको र क्याम्पस प्रशासनको मिलेमतोमा जनमत विद्यार्थी संगठन निर्वाचित भएको दाबी गर्दै छानबिन गर्न माग गरिरहेको बताए ।

Comment


Related News

Latest News

Trending News