अपडेट 
२०८० जेष्ठ ३०, मंगलवार ०६:५१

महोत्तरीको महोत्तरी गाउँपालिका २ बजारस्थित एनएमबी बैंक लुटिएको दुई साता वितिसकेको छ । तर लुटेराहरु अझै प्रहरीको पहुँच बाहिर रहेका छन् ।

यही जेठ १६ गते दिनदहाडै हतियारसहित चार जनाले बैंक लुटेका थिए । लुटेराहरु अझै पक्राउ नपर्दा नागरिक निरास हुनुका साथै जिल्लाको सुरक्षामा प्रश्न खडा भएको छ । महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले सो विषयको अनुसन्धान अन्तिम चरणमा रहेको बताए । उनका अनुसार लुटेराहरुको विषयमा प्रमाण फेला परिसकेको छ । उनीहरुको पहिचान पनि भइसकेको छ । एक साताभित्र लुटेरा सार्वजनिक गर्ने उनको दाबी थियो । तर हालसम्म यस विषयमा कुनै पनि व्यक्ति पक्राउ परेका छैनन् । ‘हामी अनुसन्धानको नजिकमा छौं । लुटेराहरु मुखमा मास्क लगाएको कारण पत्ता लगाउन केही ढिलाइ भएको छ,’उनले भने,‘ हामी चाँडै उनीहरुलाई सार्वजनिक गर्छौं । अव पहिचान भइसकेको छ ।’ मानवीय, प्राविधिक र व्यवहारिक तरिकाबाट अनुसन्धान भइरहेको उनले बताए । बैंकबाट १५ लाख एक हजार चार सय ९३ रुपैयाँ मात्रै लुटिएको उनले बताए ।

लुटेराहरु मास्क लगाएर गत जेठ १६ गते मध्यान्ह् १२ बजेर २५ मिनेटमा हतियारसहित चार जना बैंक प्रवेश गरेको सीसीटिभी फुटेजमा देखिन्छ । उनीहरु सबैको मुखमा मास्क र हातमा हतियार राखेका थिए । उनीहरुले सुरुमा काउन्टर बाहिरबाट एक कर्मचारीलाई पेस्तोल देखाएका थिए । त्यसपछि ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको थिए । लुटेराहरु एक ग्राहकको कपडा लिइ भित्र गइ पैसा संकलन गरेका थिए । केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएका थिए ।

Comment


Related News

Latest News

Trending News