अपडेट 
२०८० जेष्ठ ३०, मंगलवार ०७:०३

जनकपुरधामको गंगासागरको डिलमा रहेको डिप बोर्डिंगबाट पानी आउन छाडेको छ । २४ घण्टे सफा पानी बग्ने सो बोर्डिंगमा पानी आउन छाडेपछि स्थानीयवासी प्रभावित भएका छन् ।

पिउने सफा पानीको लागि सो क्षेत्रका व्यापारी व्यवसायी एवम् बटुवा र पर्यटक मात्र होइन दर्जनौ स्थानीयवासीहरुको पनि मुख्य पानीको स्रोतको रुपमा रहेको सो बोर्डिंगबाट एक साता यतादेखि पानी आउन छाडेको स्थानीय कपडा व्यवसायी राजु साहले बताए । करीब १० वर्ष अघिसम्म थुप्रै पानी फाल्ने सो बोर्डिंग अचानक बन्द भएको थियो भने २०७२ साल बैशाखमा गएको ठूलो भूकम्पपछि सो आफै चल्न थालेको थियो । करीब ६ सय फिट मुनि रहेको यो बोर्डिंगबाट पानी आउन बन्द हुनुले ठूलो प्राकृतिक संकटको सम्भावनालाई संकेत गरेकोले प्रकृति संरक्षणमा जोड दिनु अहिलेको आवश्यकता रहेको प्रदेश सांसद रामअशिष यादवले बताए । सौन्दर्यकरणको नाउँमा पोखरीको चारैतर्फ कंक्रिटको पर्खाल लगाउनु कदापि उचित नरहेको बताउँदै उनले पोखरीको चारैतर्फ वृक्षरोपणमा जोड दिनुपर्ने बताए ।

Comment


Related News

Latest News

Trending News