अपडेट 
२०८० जेष्ठ ३०, मंगलवार १२:२२

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा महिलाहरुलाई वित्तीय साक्षरता तालिम सुरु भएको छ ।

लक्ष्मीनियाँ गाउँपालिकाको आर्थिक सहयोगमा प्रगतिशील बहुउद्देश्य कृषि सहकारी संस्था लिमिटेडले सात दिवसीय तालिम आइतबारदेखि सुरु गरेको छ । तालिममा विपन्न, गरीब र कृषक गरी ५५ महिला सहभागी छन् । पालिकाको तर्फबाट दुई र आयोजकको तर्फबाट दुई गरी चार प्रशिक्षकले एक साता सम्म महिलाहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिने बताइएको छ । तालिममा महिलालाई आफ्ना वित्तीय स्रोतको पहिचान, बचत, लगानी र सुरक्षित गर्ने विधि व्यवहार सिकाइने छ । तालिमको मुख्य उद्देश्य पालिकामा रहेको महिलाहरुलाई वित्तीय विषयमा जानकारी दिनु रहेको प्रशिक्षक सरोज कुमार यादवले बताए। तालिममा बैंक खाता खोल्न विधि, खर्च गर्ने बानी, लगानी, आवश्यकता र पैसाको महत्व बारे महिलाहरुलाई सिकाइने जनाइएको छ । यसले अनुत्पादक खर्च घटेर उत्पादनमूलकमा क्षेत्रमा महिलाको लगानी र घर परिवार आर्थिक रुपमा सबल हुने विश्वास गरिएको छ ।

Comment


Related News

Latest News

Trending News