
जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडामा लैगिंक हिँसा,महिला बेचबिखन तथा ओसार पोसार रोकथाम विषयक जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
महिला,बालबालिका तथा जेष्ठ नागरिक मंत्रालयको आर्थिक सहयोगमा सामुदायिक सेवा समिति धनुषाले मंगलबार अलग अलग स्थानमा जनचेतनामुलक गोष्ठी सम्पन्न भएको छ ।
समितिका बद्री नारायण ठाकुरकाअनुसार जउमनपा—४,१६ तथा वडा नम्बर १मा जनचेतनामुलक गोष्ठीको आयोजना गरिएको छ । गोष्ठीमा स्थानीय लक्षित वर्गका महिलाहरुको उल्लेखनीय सहभागिता रहेको बताइएको छ ।
वडाअध्यक्ष दीप नारायण यादव, वडा अध्यक्ष रामचन्द्र पंजियार तथा वडाअध्यक्ष सन्तोष कुमार साहको सक्रियतामा सो गोष्ठी सम्पन्न भएको जनाइएको छ ।
यसैबीच समितिको अगुवाईमा जनकपुरधाम उपमहानगरपालिका—२४मा वडा अध्यक्ष उपेन्द्र सहनीको सक्रियतामा १० दिने तरकारी खेती तालिम शुरु गरिएको छ ।