अपडेट 
२०८० जेष्ठ ३०, मंगलवार १९:४७

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दोस्रो पटक विश्वासको मत पाएका छन ।

सरकारबाट बाहिरिएका एमालेले सर्मथन फिर्ता लिएपछि आज(मंगलबार) मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेश सभाको आकस्मिक बैठक बोलाउन आवहन गरेका थिए । बैठकमा उपस्थित कुल १०३ जना सांसद मध्ये मुख्यमन्त्री यादवको पक्षमा १०३ मत खसेको थियो भने विपक्षमा सून्य मत खसेको थियो ।

बैठकमा नागरिक उन्मुक्तिकी सांसद उर्मिला देवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थित थिए ।

 

Comment


Related News

Latest News

Trending News