अपडेट 
२०८० जेष्ठ ३१, बुधबार ०५:४१

मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवलाई अपार सफलता प्राप्त भएको छ । मुख्यमन्त्री यादवले १०७ सदस्यीय मधेश प्रदेशसभामा १०३ सांसदले विश्वासको मत दिएका छन् । मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेशसभामा उपस्थित सबै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् ।

यही जेठ १ गते नेकपा एमाले सरकारबाट बाहिरिँदै सरकारबाट समर्थन फिर्ता लिएका थिए । सोही कारण २९ दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेशसभामा पेश गरेका थिए । तर, नेपाली कांग्रेसले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको बेला एमालेले फेरि सरकारलाई समर्थन दिएका छन् । एमालेले सरकारबाट समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवलाई विश्वसको मत लिनु परेको थियो । उनले आफ्नो कार्यकालमा दोस्रो पटक विश्वासका मत लिएका छन् । मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिका सांसद उर्मिला देवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थित भएको कारण मुख्यन्त्रीको पक्षमा मतदान गर्न सकेनन् । सभामुख रामचन्द्र मण्डल र उपभामुख बबिता राउत इसरले मत गर्न नपाउने कानुनी व्यवस्था छ । मुख्यमन्त्रीले विश्वासको मत दिने प्रस्ताव गर्दा संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुर, नेपाली कांग्रेसबाट कुमरकान्त झा, जनता समाजवादी पार्टी (जसपा)बाट लालबाबु राउत, जनमत पार्टीका सांसद चन्दन सिंह, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता अभिराम शर्मा, नेकपा माओवादी केन्द्रबाट युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका कनिश पट्टेल, नेपाल संघीय समाजवादीका विमला अन्सारी, राप्रपाकी सांसद कंचन विच्छा, स्वतन्त्र सांसद अनुरुद्ध प्रसाद सिंह र प्रमोद जयसवालले रोष्टमबाट पनि समर्थन गर्ने घोषणा गरेका थिए ।

मुख्यमन्त्रीलाई समर्थन गरेका अधिकांश दलका सांसदहरुले समर्थन गरे पनि सरकारको काम कारबाही बारे असन्तुिष्ट जनाएका थिए । नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले संघीयता बचाउन सरकारलाई समर्थन गरेको बताए । संघीयताको जननी मधेश प्रदेश रहेको हुनाले सत्तापक्षको समर्थनले मात्रै नहुने हुनाले प्रतिपक्ष दलले समर्थन गरेको उनले बताए । ‘साथीहरु विपक्षी दलले सहयोग गर्दैमा हतोत्साहित नहुनुस, हामी सरकारमा जाँदैनौं,’ उनले भने,‘ सरकार कमजोर नहोस्, बजेट मार्फत सबै नेपालीको, मधेशीको अपेक्षा अनुसार काम गरोस् ।’ लोसपाका नेता अभिराम शर्माले सरकारलाई अहंकारी नबन्न अनुरोध गरे । जनताको भावना र प्रदेशसभाको इच्छा अनुसार काम गर्न सुझाए । जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारलाई निष्ठापूर्वक काम गरे सधै साथ दिने बताए । मधेशी जनताको हितमा सिंहदरबारसँग पनि लड्नु परे समर्थन गर्ने उनको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीका सांसद कनिश पट्टेलले मधेशी जनतासँग कुठाराघात नगर्न मुख्यमन्त्रीलाई आग्रह गरे । जनताको हरेक अपेक्षा पूरा गरेर अगाडि बढ्न उनले आग्रह गरे । संघीयतालाई स्थापित गर्न सरकारलाई समर्थन गरेको उनले बताए ।

मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मतमाथिको छलफलमा उठेको जिज्ञसालाई अन्तिममा जवाफ दिएपछि मतदान सुरु भएको थियो । उनले जवाफ दिने क्रममा जनतामुखी बजेट ल्याउने प्रतिबद्धता जनाए । संघीयताको रक्षा निम्ति सधै सतर्क रहने र कुनै प्रकारको आँच आउन नदिने उनले विश्वास व्यक्त गरे । भ्रष्टाचार मुक्त गर्ने प्रतिबद्धतासंगै बजेट वितरणमा बिचौलियाले चलखेल नगर्ने कार्यविधि बनाएर मधेश सरकार आगाडि बढ्ने उनले बताए । सबका साथ सबका विकास नाराको आधारमा काम गर्ने उनले प्रष्ट गरे । कुनै किसिमको कुनै सांसदसँग भेदभाव नगरिने उनले बताए ।

Comment


Related News

Latest News

Trending News