अपडेट 
२०८० जेष्ठ ३१, बुधबार ०५:४५

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहमाथि नेपाली कांग्रेसले गरेको कारबाही फुकुवा गरेको छ ।

नेकांको केन्द्रीय अनुशासन समितिले मंगलबार पत्राचार गरी मेयर साहमाथिको कारबाही फुकुवा गर्दै उनको साविकको पदसमेत निरन्तर रहने जानकारी दिएको छ । उनी साबिकमा नगरसमितिका सभापति रहेका थिए । कारबाही फुकुवा भएसंगै मेयर साह नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर समितिको सभापतिमा निरन्तरता पाएका छन् । स्थानीय तहको निर्वाचन २०७९मा पार्टीको तर्फबाट विद्रोही भएका उम्मेदवार साह एवम् उनका प्रस्तावक र समर्थकलाई नेकां केन्द्रीय अनुशासन समितिले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । सो कारबाहीपछि मेयर साहले पुनः पार्टीमा रही हिजोको आफ्ना गतिविधिलाई आत्मसात गर्दै पार्टीको आदर्श,सिद्धान्त र उद्देश्य अनुसार क्रियाशील भइ पार्टीमै रहने प्रतिबद्धतासहितको निवेदन दिएर कारबाही फुकुवाको लागि निवेदन दिएको र सोही आधारमा उनको कारबाही फिर्ता लिइएको समितिका संयोजक आनन्द प्रसाद ढुंगानाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News