२०८० जेष्ठ ३१, बुधबार १८:५६

धनुषाको नगराइन नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा अख्तियारको फन्दामा परेका छन ।

बुधबार साँझ अख्तियारको टोलीले दुबै जनालाई ७० हजार कमिसनको रकमसहित पक्राउ गरेको छ ।

वडाध्यक्ष यादव र सचिव झाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन–२ मा सडक निर्माण सम्पन्न भएपश्चात् सिफारिशवापत उपभोक्ता समितिका अध्यक्ष रोहित चौधरीसँग ७० हजार रुपैयाँ कमिशन लिईरहेको समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धानका लागि अख्तियारको कार्यालयमा लगिएको छ ।

Comment

Related News

Latest News

Trending News