अपडेट 
२०८० जेष्ठ ३२, बिहीबार ०६:३५

धनुषाको नगराइन नगरपालिका वडा नम्बर–२ का अध्यक्ष वुलन यादव र सचिव अमृतनारायण मिश्रलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

अध्यक्ष यादव र सचिव मिश्रलाई घुस रकम सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सह–सचिव भोला दाहालले जानकारी दिएका छन् । अख्तियारको कार्यालय बर्दिबासबाट खटिएको टोलीले आरोपिहरुको साथबाट ७० हजार नगद बरामद गरेको छ । उनीहरू नगराइन चोकबाट पक्राउ परेका छन् । सडक निर्माणका लागि सिफारिस बनाइदिने प्रयोजनका लागि उनीहरूले घुस मागेको आरोप छ ।

मधेश प्रदेश सरकारको २५ लाखको बजेटबाट पोखरी स्थित दुर्गामन्दिर सडक, नाला र पोखरी सौन्दर्यकरणको उपभोक्ता समितिमार्फत भइ रहेको कार्यको सम्पन्नता सिफारिस वापत घुस दिइएको थियो । सो कार्यका लागि नगराइन नगरपालिकालाई पनि सिफारिस गर्न भनिएपछि त्यहाँ योजनाको नाम, बजेट, लगत स्टिमेट स्पष्ट नरहेको भन्दै कार्यसम्पन्नता सिफारिस दिइएको थिइन् । यस भन्दा पहिला पनि नगराइन नगरपालिका–५ मा ठाकुर पोखरीको सौन्दर्यकरणको लागि दिइएको बजेटमा सचिवले सम्पन्नताको सिफारिस दिन नमानेपछि कुटपिट गरिएको थियो । जसका कारण सम्पूर्ण नगरपालिका नै कर्मचारीहरुले ठप्प पारेका थिए ।

नगराइन नगरपालिका–२ का वडाध्यक्ष यादवले नगरपालिकाबाट प्राप्त हुने तलव भक्तासमेत नबुझ्ने गरेको स्रोतको दाबी छ । उनले प्राप्त गर्ने तलव भक्ता गरीब कोषमा राखेर गरिबलाई आपत विपद् आएको बेला सहयोग गर्ने गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट बिजयी भएका वडाध्यक्ष यादव आफ्ना नगरपालिकाका सवै भन्दा लोकप्रिय वडाध्यक्षको रुपमा चिन्ह्निे गरेका छन् ।

Comment


Related News

Latest News

Trending News