अपडेट 
२०८० जेष्ठ ३२, बिहीबार ०६:३९

जनकपुरधाममा पहिलो पटक मिस्टर एण्ड मिस मधेश प्रतियोगिताको आयोजना हुन लागेको छ ।

वाइबी फिल्मसले मिस्टर एक मिस मधेश प्रतियोगिताको आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । असार १५ गतेदेखि हुन आयोजना हुन लागेको यस प्रतियोगितामा दर्ताको लागि फारम वितरणसमेत शुरु भइसकेको छ । सम्मेलनमा वाइबी फिल्मसका अध्यक्ष रामएकवाल यादवले जनकपुरधाममा विगतमा पनि विभिन्न प्रकारको प्रतियोगिता भएको भए पनि यस पटकको आयोजनाले किशोर किशोरीहरुको मोडलिंग क्षेत्रमा क्षमता अभिवृद्धि,व्यक्तित्व विकास र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे ।

मधेश प्रदेको रीतिरिवाज,चालचलन,संस्कृति तथा सम्पदाहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले समेत प्रतियोगिताको आयोजना गर्न लागिएको उनले बताए । यस प्रकारको कार्यक्रम तराइ मधेशको लागि केही नयाँ भए पनि नेपालै अन्य स्थान र विश्वका विभिन्न मुलुकमा भने लोकप्रीय र प्रतिष्ठित कार्यक्रमको रुपमा लिने गरेकोले मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी हुन सक्ने दक्षताका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास थियो ।

‘प्रतियोगिता २० दिनसम्म चल्नेछ भने प्रतियोगितामा ५० जना सहभागीहरुलाई छनोट गरी राखिनेछ।’उनले प्रष्ट पारे । सो मध्ये २५ जना महिला र २५ जना पुरुष सहभागी हुने उनले जनाए । २० दिन सम्म सहभागीहरुलाई ¥याम्प ध्वपि,अन्तर्राष्ट्रिय स्तरको ग्रुमिंगसेसन,व्यक्तित्व तथा आत्मविश्वास विकास तथा प्रवद्र्धन,फेसन स्टालिंग,सार्वजनिक भाषण कला विकासलगायतको विषयमा प्रशिक्षण दिइने उनले जानकारी दिए । प्रतियोगिताको विजेताहरुलाई १ लाख नगद तथा विभिन्न भ्रमणका प्याकेजहरु पुरस्कार दिइने छ ।

Comment


Related News

Latest News

Trending News