अपडेट 
२०८० जेष्ठ ३२, बिहीबार ०८:११

जनकपुरधाममा अत्याधुनिक उपकरणसहितको मंगलम् डाइगोनेष्टिक ल्याब संचालनमा आएको छ ।

बुधबार जनकपुरधामको अस्पताल सडक खण्डमा रहेको डाइगोनेष्टिक ल्याबको भवनमा आयोजित समारोहबीच जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले हिन्दु परम्परा अनुसार मन्त्रोचारणका बीच उद्घाटन गरेका छन् । धार्मिक परम्परा अनुसार बुधबार नै ल्याबको उद्घाटन भए पनि बिहीबारदेखि संचालनमा आउने संचालक डा.अमरनाथ ठाकुरले जानकारी दिए । प्याथोलोजी क्षेत्रमा विगत २७ वर्षदेखि देशको विभिन्न स्थानमा सेवा दिँदै आएको बताउँदै डा.अमरनाथ ठाकुरले भने,‘म विगत लामोसमयदेखि वीरगञ्ज मेडिकल कलेजमा कार्यरत रहँदा मंगलम् डाइगोनेष्टिक ल्याब संचालन गरी वीरगञ्जमा सेवा दिँदै गर्दा महन्त रामतपेश्वरजीको विशेष आग्रहमा ल्याब संचालनमा ल्याएको छु । ’ जलेश्वर घर भएका डा. ठाकुरले आफ्नो जन्मभूमिमा जनसेवा गर्ने उत्कट ईच्छाले जनकपुरधाममा ल्याब संचालनमा ल्याएको बताए । उनले ल्याब निर्माणमा तीन करोडको लगानी खर्च भएको बताउँदै एक दुई वटा टेष्ट बाहेक सम्पूर्ण टेष्ट (चेकजाँच) यहाँ नै सुलभ दरमा उपलब्ध गराउने दाबी गरे । अल्पकालीन र दीर्घकालीन विभिन्न रोगमा गरिने चेकजाँचका लागि आउने विपन्न,असहाय र संचारकर्मी समाजसेवीहरुको सल्लाहमा पैसाको अभावमा उपचार नै गराउन नसक्नेहरुका लागि विशेष छुट तथा विपन्नलाई निःशुल्क चेकजाँचसमेत उनले बताए ।

Comment


Related News

Latest News

Trending News