अपडेट 
२०८० जेष्ठ ३२, बिहीबार १२:४१

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको परराष्ट्रमन्त्री एनपि साउदले जानकारी दिनुभयो । बैठकले मुख्यसचिवबाट राजीनामा दिनुभएका वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको उहाले बताउनुभयो ।

यसैबीच बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ गराउनुभएको छ ।

Comment


Related News

Latest News

Trending News