अपडेट 
२०८० जेष्ठ ३२, बिहीबार १७:३४

धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलियाको काम गर्दै आएका एक जना युवकलाई पक्राउ गरेको छ ।

बिहिबार दिउँसो जनकपुरधाम उप महानगरपालिका वडा नं. १४ स्थित रहेको यातायात कार्यालयमा बिचौलियाको काम गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यालय पुगेका प्रहरीको टोलीले बर्ष २६ का सुवास कुमार राउतलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका राउतमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News