अपडेट 
२०८० असार १, शुक्रबार ०६:२३

आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा अत्यधिक योजनाहरु समावेश गरिएकोछ । स्रोतहरुका अनुसार रकम कम रहे पनि योजनाको संख्या बढी रहेका छन् ।

अर्थ मन्त्रालयले उपलब्ध गराएको बजेटको सिलिंग कम रहेकाले मन्त्रीहरुले अधिक योजना समावेश गरी कम रकम छुट्टयाएका छन् । चालु आर्थिक वर्षमा पुँजीगत बजेट खर्च कम रहेको छ । हुनत असार महिनाको १५ गते भित्र अनपेक्षित रुपमा बजेट खर्च हुनेछ । प्रदेश सरकारले रकमान्तरण गरी विकास योजनाहरुमा दिएको बजेट र पालिकालाई उपलब्ध गराएको सशर्त योजनाहरुमा खर्च हुने रकम असारको दोस्रो हप्ता भित्र भुक्तानी हुनेछ ।त्यसले पुँजीगत खर्च वृद्धि हुनेछ ।

मधेश प्रदेशमा आर्थिक वर्ष प्रारम्भ भए लगतै योजनाहरुमा काम नहुने चलन जस्तै भएको छ ।रातो किताबमा समावेश गरिएका योजनाहरुको असोज महिनादेखि नै काम सुरु गर्न सके पुँजीगत खर्च बढने अर्थशास्त्रीहरुको कथन छ । रातो किताबमा रहेका योजनाहरुको निकासामा ढिलाइ, जटिल ठेक्का प्रक्रिया र काम गर्ने संयन्त्र कमजोरको कारण समयमै बजेट खर्च हुन नसकेको अर्थशास्त्री डा.सुरेन्द्र लाभ बताउँछन् । ‘सरकारले हरेक वर्ष नीति तथा कार्यक्रममा कार्यान्वयन प्रक्रियालाई सरलीकरण गर्ने घोषणा गर्छ’ उनले भने, तर सरलीकरण नहुँदा नै बजेट खर्चमा समस्या रहेको छ ।

जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलमा कमी,क्षमताको अभाव लगायतका समस्याले पनि बजेट समयमै खर्च नहुने गरेको उनको कथन छ । पछिल्लो २ महिनामा बजेटको खर्च अत्यधिक हुँदा त्यसमा काम कमजोर र अनियमितता बढी हुने गरेको सबैले स्वीकारे पनि त्यसलाई सुधार गर्न कुनै सरकार अग्रसर नभएको लाभको कथन छ । अबण्डा बजेट पनि अनियमितता र विवादको कारण हुने उल्लेख गर्दै अर्थशास्त्री डा.लाभले भने, संघीय सरकारले गर्ने अनियमिततालाई प्रदेश सरकारले पनि नक्कल गरेको छ । देशको ६ वटा प्रदेशमा शुक्रवार बजेट प्रस्तुत हुनेछ ।तर कोशी प्रदेश सरकारले अध्यादेशबाट विहिवार नै बजेट सार्वजनिक गरिसकेको छ । त्यहाँ राजनीतिक संकट विद्यमान छ ।

प्रदेश सरकारको बजेटप्रति आमनागरिकको खासै चासो देखिएको छैन् । प्रदेश सरकारले कार्यकर्तालाई खुशी गर्ने किसिमले बजेटमा योजनाहरु समावेश गरेको स्रोतहरुको कथन छ ।

Comment


Related News

Latest News

Trending News