
राष्ट्रिय एकता अभियानले काठमाण्डुको ठमेलमा रहेको होटल विस्मिल्लाहलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा उजुरी दिएको छ ।
अभियानका अध्यक्ष विनय यादवले काठमांड़ौका प्रमुख जिल्ला अधिकारी घनश्याम उप्पध्यायलाई भेट गरी बुझाएका नेपालको प्रचलित कानुन विपरीत विस्मिल्लाह होटलले खुलेआमा गाईको मासु बिक्री गरेकाले कारबाही गर्न उजुरीमा दिएका छन् । उजुरी जिल्ला प्रहरी काठमाण्डु पठाएको छ । उजुरीमा होटल बिस्मिल्लाहले दोहोरो अपराध गरेको उल्लेख छ । ‘उनीहरूले मेनुमा उपलब्ध वस्तुको रूपमा गाईको मासुलाई सूचीबद्ध गरेका छन्, जसले उनीहरू सक्रिय रूपमा गाईको मासु बिक्रीमा संलग्न छन् भनी प्रमाण दिन्छ’ उजुरीमा भनिएको छ–‘यो नेपालको अधिकार क्षेत्र भित्र गाईको मासु बिक्री गर्न निषेध गर्ने प्रचलित कानुनको प्रत्यक्ष उल्लंघन हो।’ अर्कोतर्फ गाईको मासुको अवैध बिक्रीले कानुनी चिन्ता मात्र नभइ बहुसंख्यक नेपाली जनताको सांस्कृतिक र धार्मिक संवेदनशीलतामाथिको प्रहार भएको उजुरीमा उल्लेख छ । ‘नेपालमा विविधतायुक्त समाज छ, जनसंख्याको एक महत्वपूर्ण भागले गाईको मासुको उपभोगलाई निषेध गर्ने धार्मिक अभ्यासहरू पालन गर्दछन् । होटल बिस्मिल्लाहको कार्यले सांस्कृतिक र धार्मिक भावनाहरूप्रति अपमानजनक छन् र यसले हाम्रो समुदायमा सामाजिक अशान्ति निम्त्याउने सम्भावना रहन्छ।’ उजुरीमा भनिएको छ।
अभियानका अध्यक्ष यादवद्वारा हस्ताक्षरित उजुरीमा उक्त विषयमा छानबिन गर्न र होटल बिस्मिल्लाह विरुद्ध उचित कानुनी कारबाही गर्न अनुरोध गरिएको छ। ‘होटेल बिस्मिलाहमाथिको कारबाहीले अरूलाई त्यस्ता गैरकानुनी गतिविधिहरूमा संलग्न हुनबाट निरुत्साहित मात्र गर्दैन, हाम्रो समुदायको सद्भाव र एकताको रक्षा पनि गर्दछ’ उजुरीमा उल्लेख छ।