
जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ। विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न असार ९ गतेका लागि बैठक बोलाएको हो।
बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्ठनहरुले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
असार ९ गते केन्द्रीय समिति सदस्यहरुलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ । जसपाले यही असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन गर्ने भएको छ ।
केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका चार सय २३ जना केन्द्रीय सदस्य स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने सो पार्टीको प्रावधान रहेको छ।