२०८० असार १, शुक्रबार १७:५९

जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ। विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न असार ९ गतेका लागि बैठक बोलाएको हो।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्ठनहरुले पठाएका सुझाव समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

असार ९ गते केन्द्रीय समिति सदस्यहरुलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ । जसपाले यही असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन गर्ने भएको छ ।

विभिन्न समिति र सङ्गठनबाट गरी सात सय ७८ जना प्रतिनिधि विधान अधिवेशनमा सहभागी हुँदैछन् । यीमध्ये चार सय २३ जना केन्द्रीय समिति सदस्य रहेका छन् ।

केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका चार सय २३ जना केन्द्रीय सदस्य स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने सो पार्टीको प्रावधान रहेको छ।

Comment

Related News

Latest News

Trending News