अपडेट 
२०८० असार १, शुक्रबार १८:३१

काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

त्यसैगरी अदालतले यसै प्रकरणमा मुछिएका लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले मर्हजनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

Comment


Related News

Latest News

Trending News