अपडेट 
२०८० असार २, शनिबार १४:००

रौतहटको बौधीमाई नगरपालिका- ५ कोपवा टोलमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ ।

मृत्यू हुनेमा स्थानीय ३० वर्षीय अरुण कुमार साह र २८ वर्षीय पण्डित कुम्हाल छन् । धारामा पानी थाप्ने क्रममा विद्युतीय मोटरमा शुक्रवार राति उनी दुबै जनालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते दुबै जनालाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको र उपचारका क्रममा राति नै उनीहरुको मृत्यु भएको इलाका प्रहरी कोपवाले जनाएको छ ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कोपवाका सई परमानन्द यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News