अपडेट 
२०८० असार २, शनिबार १७:५१

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नागरिकता पाउनुपर्ने वास्तविक व्यक्तिहरुले नागरिकता पाउन ढिलाइ गर्नु नहुने बताउनुभएको छ ।

शनिबार पार्टीका मधेस प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन जनकपुरधाममा आएका पूर्वसभामुख समेत रहेका नेम्वाङले नागरिकताको विषय टुंगोमा पुर्याउने नाममा संविधान र नियमभन्दा पर जान नहुने बताउनुभयो ।

त्यस्तै, उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास हुन नदिने चेतावनी समेत दिनुभयो । सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गर्दै उनले संसदबाट कुनै पनि हालतमा पास हुन नदिने बताए । भौतिक पूर्वाधार मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिने गरी भेदभावपूर्ण रुपमा ल्याइएकाले समर्थन गर्न नसकिने उनको कथन छ ।

Comment


Related News

Latest News

Trending News