अपडेट 
२०८० असार ३, आईतवार ०७:३५

आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले जनतालाई गुमराहमा राख्न कथित समाजवादीको विषय उठाइएको दाबी गरेको बताएका छन् ।

वीरगञ्जमा आम विद्यार्थी मोर्चाको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले ‘नेपालमा लोकतन्त्र छैन, दलतन्त्र छ । जनताको शासनको लागि दलतन्त्र फाल्ने लक्ष्य लिनुपर्नेमा जनतालाई गुमराह बनाउन कथित समाजवादको विषय उठेको छ’ अध्यक्ष साहले भने, ‘आज लोकतन्त्रको कुरा गर्नुको सट्टा समाजवादको कुरा गर्नु जनतालाई ढाँट्नु बाहेक अरू केही पनि होइन । त्यसैले अहिले समाजवादी मोर्चाको कुनै औचित्य छैन ।’ माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नेसपालगायतका दलहरूले समाजवादी मोर्चाको घोषणा गर्दै गर्दा आजपा अध्यक्ष साहले यस्तो टिप्पणी गरेका छन् । जनतालाई शक्तिशाली बनाएर विकास,समृद्धि, सुशासनको प्रत्याभूति गराउन लागि पर्नेमा झुटको खेती गर्नका लागि समाजवादी मोर्चाको हावा फैलाउन लागिएको उनको ठहर छ । आम विद्यार्थी मोर्चाको सो कार्यक्रमबाट मोफसलमा चल्ने यातायातका सार्वजनिक सवारीसाधनहरूमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको व्यवस्था गर्न माग गरिएको छ । काठमाण्डु उपत्यकामा विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट दिइए पनि उपत्यका बाहिर नदिएकोमा आपत्ति जनाउँदै संघर्षका कार्यक्रम अगाडि बढाउने निष्कर्ष कार्यक्रमको रहेको छ ।

यस्तै कार्यक्रममा बिद्यार्थीहरुको अहिलेको विभिन्न समस्या,शैक्षिक अवस्था, विद्यालय, क्याम्पसको पठनपाठनलगायतका विषयमा गम्भीर छलफल भएको छ । गुणस्तरीय शिक्षाका लागि आम विद्यार्थी मोर्चाले संघर्षका विभिन्न कार्यक्रम गर्ने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News