अपडेट 
२०८० असार ३, आईतवार ११:३१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले देशका पूर्वी जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल गरेका छन् ।

गए राति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरो आउँदा सङ्खुवासभामा १७, पाँचथरमा ६ र ताप्लेजुङमा ४ जना बेपत्ता भएका छन् ।

बाढीले विभिन्न ठाउँमा पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ ।

Comment


Related News

Latest News

Trending News