अपडेट 
२०८० असार ४, सोमबार ०६:३२

जनकपुरधाममा आइतबारदेखि रात्रिकालीन बजार सञ्चालन हुने भएको छ ।

जनकपुरधाममा उद्योग वाणिज्य सङ्घले आइतबार रातिदेखि जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनमा आएको जनाएको छ । जनकपुरधाममा उपमहानगरपालिकाले रात्रिकालीन बजार सञ्चालनका लागि अनुमति दिएको छ । नगरप्रमुख मनोजकुमार साहले तत्काललाई राति १० बजेसम्म बजार सञ्चालन गर्ने गरी अनुमति दिएको जानकारी दिए । उनले अहिले सुरु गरेपछि विस्तारै बजार सुधार गर्दै जाने बताए । जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले धेरै पहिलेदेखि विभिन्न निकायसँग माग गर्दै आएको थियो । उद्योगी व्यवसायीको माग बमोजिम रात्रिकालीन बजार सञ्चालन सम्बन्धमा आयोजना गरिएको अन्तकरक्रिया कार्यक्रममा नगरप्रमुख साहले आइतबारदेखि नै रात्रिकालीन बजार सञ्चालनको प्रस्ताव गरेका थिए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रात्रिकालीन बजार सञ्चालनले यस क्षेत्रको अन्य व्यवसायलाई पनि थप चलायमान बनाउने विश्वास व्यक्त गर्दै यसले धार्मिक पर्यटकहरूलाई थप आकर्षित गर्ने र आर्थिक अवस्था चलायमान बन्ने विश्वास व्यक्त गरे ।

रात्रि बजारको लागि समिति गठन

जनकपुरधाममा रात्रिकालिन बजार सञ्चालनको लागि समिति गठन गरिएको छ ।

आइतबार बसेको सुरक्षा समितिको बैठकले धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको नेतृत्वमा समिति गठन गरेको छ । सो समितिले सात दिनभित्र प्रतिवेदन दिएपछि रात्रिकालिन बजार सञ्चालन गर्ने/नगर्ने बारे निर्णय हुने धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । उनका अनुसार समितिमा जनकपुरधाम उद्योग वाणिज्य संघ, जनकपुरधाम उपमहानगरपालिका, सुरक्षा निकाय र नागरिक समाजको प्रतिनिधित्व छ । सो समितिले रात्रिकालिन बजार सञ्चालनको विभिन्न कोणबाट अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार पर्नेछन् । र, सो प्रतिवेदनले गरेको मार्ग निर्देशन अनुसार अन्य प्रक्रिया अगाडि बढाइने छन् । तर तत्कालको लागि राति दश बजे सम्म बजार खुल्ला राख्न पाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए । ‘आइतबारदेखि लागु हुने गरी सुरक्षा समन्वय समितिकै बैठकले राति १० बजे सम्म बजार चल्न दिने सहमति भएको छ,’उनले भने,‘ हिजोसम्म ९ बजेभन्दा बढी खोल्न पाइदैन्थ्यो ।’ जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ पनि सोही कुरा दोह¥याए ।

समितिको प्रतिवेदनपछि रात्रिकालिन बजार कुन मोडेलमा सञ्चालन गर्ने सुझाबसहित दिइने उनले बताए । जनकपुरधाम उद्योग वाणिज्य संघ रात्रिकालिन बजारको लागि विभिन्न निकायसँग पहल गर्दै आएका छन् । उनले रात्रिकालिन बजारको धेरै आवश्यकता रहेको औल्याउँछन् । ‘सुरक्षा निकायले देश द्वन्द्वकालमा हुँदा बजार राति ८ बजे सम्म मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको थियो,’उनले तर्क गर्दै भने,‘तर, अहिले देश त कुनै द्वन्द्वमा छैन् । त्यसकारण केही मापदण्ड बनाएर जनकपुरधामको बजार रात्रिकालन सञ्चालन हुनुपर्छ ।’ जनकपुरधाममा आउने पर्यटक रात्रिकालिन बजार नहुँदा समस्यामा पर्ने गरेको थियो ।

Comment


Related News

Latest News

Trending News