अपडेट 
२०८० असार ४, सोमबार ०७:०६

धनुषा जिल्लाको खडका गाउँमा एउटा चराले गाउँबासीलाई लखेटेर टोक्ने गरेको छ । चरामा कुनै मृतकको आत्मा भएको विश्वासले पूजापाठ , भगता , धामीलाई अनुनय गर्ने गाउँबासीको दिनचर्या बनेको छ । बगैचामा जाने बित्तिकै चराले टोक्ने आतंकको माहोललाई साम्य पार्ने उपायको खोजी भन्दा पनि लोकविश्वासलाई मलजल दिन गाउँबासी उद्यत छन् । त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नं २ का एक महिलालाई छातीमा घाउ निस्किदा वडावासीले अग्निवाण भन्दै धामी कहाँ झारफुक गराउन सल्लाह दिंदै. आएका छनु ।उनी झारफुकले सन्चो हुने विश्वासमा एक महिना बिताइ सकेकी छन् ।

यस्तै परिवेश , संरचना र चेतनाको भावभूमिमा नियाँल्दा पूर्वकालदेखि धर्म , संस्कृति , जीवनशैली र जीवनका अवस्थामा आएको विकृतिले धामी झाँक्री , टुनामुना , भूत–प्रेत र बोक्सीजस्ता लोकविश्वासमा वृद्धि भइ यहाँको जीवाणुमा प्रवेश गरेको पाइन्छ । मर्द बरूआर रहैत छैक त बेटा होइत छैक , मौगी जबद्गर भेल त बेटी जन्म लैत छैक (पुरूष बलियो भयो भने छोरा जन्मिन्छ , महिला कमजोर भएमा छोरी जन्मिन्छे ) जस्ता अन्धविश्वास पनि त्यही कारकतत्वद्वारा कालक्रममा परिपोषण हुँदै आएको देखिन्छ । शिशुको जन्मपछि सोइरी घरको अगाडि छठिहार नभएसम्म आगो बाल्ने ,छालाको जुत्ता , जामुनको हांगा झुण्डयाउने ,नवजात शिशुलाई दूध खुवाउनुभन्दा पहिला आमाले आफ्नो दूध दुई थोपा भूमिमा अथवा सोइरी घरमा राखेको आगोमा राखेपछि आफ्नो वक्षलाई तीन पटक थू थू थू गरे पछि मात्र खुवाउने , शिशु रुन थाल्दा , नसुतेको र रोएको रोयै गरेमा सुकैको खुर्सानी, ज्वानो , तोरी , सरस्युँ लिएर शिशुको टाउकाको चारैतर्फ क्रम शः तीन पटक घुमाएर ती सामग्री आगोमा जलाउने,कुदृष्टिबाट बचाउन शिशुको आँखामा गाजल लगाउने ,मस्तकमा कालो टीका लगाउन प्रेरित गर्ने विश्वास पाइन्छ । अनिकालको सम्भावना देखिएमा भ्यागुतो बिहे गराउने, दिउँसै दियो बालेर भकारीमा राख्ने गरेको पनि देखिन्छ ।कोबोक्सीले गर्भमै बच्चा खाइहाल्ने , निसन्तान बनाइ दिने , किचकिन्नीले सुन्दर युवकलाई एकान्तमा देखेमा जीवित युवतीको रूपमा युवकलाई मोहित गरी युवकसँग रतिक्रीडा गराइ युवकलाई मार्ने जस्ता लोकविश्वास पनि रहेको छ ।

यहाँको रांके भूतले रातिमा खेत खलियानमा रांको लिइ डुल्दै रहन्छ ,मान्छेलाई देखेमा मान्छेसँग खेतमा माटो ढुवानी गराइ मार्ने गरेको लोकविश्वास पनि विद्यमान छ ।गर्भवती स्त्रीको मृत्यु भएमा प्रेतिनी हुन्छिन र घरमा नयाँ जन्म लिएको शिशुलाई दुःख दिइ मार्ने गरेको , ब्राह्मणको असामयिक मृत्यु भएमा ब्रह्म् पिचाँस हुन्छ र कुमारीको मृत्यु भएमा देवी हुने विश्वास पाइन्छ ।पानीमा डुबेर मर्ने पनिडुब्बा भइहाल्छ , प्रेत ताडको रूखझैं लामो हुन्छ , सेतो लगाइ कहिले कुकुर त कहिले बिरालोका रूपमा मान्छेलाई तर्साउने गरेको प्रसङ्ग पनि बुढापाकाले स्नाउने गरेका छन् । भूतहहरू रूखको हाँगामा पिंग खेल्ने गरेको , आधा रातिमै विहान भएको भ्रम उत्पन्न गर्ने गरेको , बोक्सीले बोक्सी विद्या हासिल गर्न पति वा छोरालाई मारेर गुरूलाई खुशी पार्ने गरेको विश्वाास व्याप्त छ ।बोक्सी विद्या हासिल गर्ने सन्दर्भमा गुरूले प्रश्न गर्छिन,“ मन्त्र सिकेपछि मलाई घरको बरेडी वा बीचको खम्भा ( बोक्सी विद्यामा बरेडी भनेको पति र खम्भा भनेको छोरा ) मध्ये कसलाई दिन्छौ.।” बोक्सी अमावस्या र दशैंको राति मान्छेको खप्परमा खीर पकाएर श्मसानमा नाङगै नाच्ने गरेको , गाडिएको शिशुको लाश खाल्डोबाट निकालेर मन्त्रले जीवित पार्दे तेल र गाजल लगाइ खेलाउँछ र घर फर्किने बेलामा पुनः शिशुलाई मारेर खाल्डोमा गाडने गरेको बखत कसैले देख्यो भने बोक्सीले ,“ घुरि ताक , घुरि ताक ( फर्कि हेर , फर्कि हेर ) ” भनि कराउछे ।

यदि त्यो व्यक्ति बोक्सीतिर फर्कियो भने त्यसको मृत्यु हुन्छ । घरमा बोक्सी आइन भने सियोधागोको नाम लिएमा बोक्सी भाग्ने गरेको र बोक्सी श्मसान जान नपाउन र मन्त्रको प्रयोग गर्न नपाउन भनेर रातिमा झिझिया नाचको आयेजना समेत गरिन्छ । बोक्सीले चौबाटोमा कुभिण्डोको बलि दिइ अरहुलको फूल , सिन्दुर , गाजल , टीका , सियोधागो राखी पूजा गर्छ र त्यो चौबाटोबाट हिडदा मान्छ ेको मृत्यु हुने गरेको लोकविश्वास पनि पाइन्छ । यस क्षेत्रमा अतिमानवीय तत्वसंग सम्बन्धित लोकविश्वासका साथै टुनामुना पनि छ जसको कुनै वैज्ञानिक आधार छैन । सोमध्ये कुकुरलाई मलत्याग गरिरहेको अवस्थामा हेरेमा आनो हुन्छ , ढाड र पिठयूँ दुखेमा उल्टो जन्मेको व्यक्तिलाई स्पर्श गर्न लगाउने चलन अधिक देखिएको छ । कसैको टुप्पो काटेर गाडियो भने त्यो व्यक्ति त्यही बसेको बसे गर्छ , वर्षायाममा गोरो मान्छे चिप्लियो भने मौसममा सुधार हुने ,विषालु सर्पको दंशमा धामीद्वारा मुल्तानी माटोले झारफुक गर्ने , उल्कापात हेरेमा अनिष्ट हुने विश्वाससमेत पाइन्छ । मैथिली लोक साहित्यमा लोक विश्वासप्रति अगाध विश्वास व्यक्त गरिएको छ । यस सम्बन्धमा डाक वचनमा उल्लेख गरिएका ःकेही हरफहरु यस्तो पनि रहेको छ :
केओ पूछए जे जाएब कतए
भेल काज विनाशाय ततए
……………………………….
आकाशक छिक जे नर जाए
पलटि अन्न मन्दिर नहि खाए
……………………………..
भरती सँ खाली भला
जांै जल भरने जाए
यात्रा अति सुख दाए
……………………………….
मंगलक उषा बुधक प्रात
यात्रा करी डाकक बात
…………………………..
एक राशि छौ गरहक भोग
ताहि वर्ष बहु पीडा रोग………।

यस्तै शिशुहरुलाई टुनामुनाबाट रक्षा सन्दर्भमा गीत
गाइने चलन पनि रहृको छ :
आको चाको दिया बारो
सय देवता मीलि बौआ राखो
जे बाबूके हेरे डीठ्ठी
तनिका देवनि भेला रीठ्ठी
बाल भैरव रक्षा करे सोनाक दीप पाटक बाती
बौआ सुतए सुखक राती
हंसनी खेलनी आगू आउ
कननी खिजनी पाछ्रू जाउ ।

उल्कापात हेरेमा पांचवटा फल , पांचवटा ब्राह्मणको नाम उच्चारण गरेमा अनिष्टबाट मुक्ति पाइने विश्वास पनि देखिएको छ ।हुटीटांय करायो भने अशुभ हुने , माउसुली करायो भने सोचेको कुरा पूरा हुने , घरेडीमा स्याल करायो भने भावी घटनाको सूचक मानिन्छ । मूलतः बोक्सी , तन्त्रमन्त्रमा विश्वास विभिन्न स्थानको अतिमानवीय तत्वमाथि विश्वासको सम्मिलित परिणाम हो । यात्राको क्रममा बिरालो , स्याल , न्याउली मुसाले बाटो काट् यो भने यात्रा दुःखद हुने घटना कतिपय सन्दर्भले प्रमाणित भएको बुढापाकाको दाबीले यसकाृ शोध आवश्यक छ । धामी , झाँक्री , टुनामुना , रांके , भूतप्रेत , बोक्सीजस्ता लोकविश्वास बुद्धिजीविद्वारा उब्जाइएको समस्या हो र रांके भूत गाडिएको लाशबाट निस्केको एक प्रकारको ग्यास भएको घारणा पनि पाइन्छ । यसको पृष्ठभूमिमा कतिपय जानकारले अशिक्ष , गरिबी , वैज्ञानिक र प्रािविधिक विकासको अभाव , दमित मनोभावजन्य तनाव , बदलाको भावना , सामाजिक घृणा र आक्रोश लोकविश्वासको कारकतत्व मानेका छनु ।अहिलेसम्म प्राप्त जानकारी अनुसार बोक्सी विरूद्ध सबैभन्दा पहिला प्राचीन स्पेन र गाउलमा कानुनको निर्माण भयो ।

चार्ल म्याग्ने र अन्य शासकहरू बोक्सी कर्मको निन्दा गर्दै यसलाई अन्धविश्वास ठहर गरी यसप्रकारको क्रियाकलापमा संलग्न व्यक्तिलाई मृत्युदण्डसम्म दिने व्यवस्था गरेको पाइन्छ । लोकविश्वास सम्बन्धमा कुनै उल्लेखनीय शोध भएको छैन । यस क्षेत्रमा बोक्सीको आरोप लगाइ महिलालाई यातना दिइएको विरोधमा केही प्रयास भएको छ । महोत्तरी जिल्लाको सिमरदहीकाण्ड अन्तर्र ाष्ट्रिय मुद्धा बनेर मरनी देवी सञ्चार जगतमा प्रमुखता प्राप्त गरिन , यसबाट जनचेतनामा केही वृद्धि भएको देखिन्छ ।त्यस्तै धामी , झाँक्री , टुनामुना , भूतप्रेत , बोक्सीको कुनै मौलिक आधार नभएकाले भ्रम मात्र हो भन्ने कुरा विस्तारै–विस्तारै प्रमाणित हुँदै आएको देखिएको छ । तापनि अक्षता फूलले क्यान्सरसम्मको उपचार गरी निको पारेको दावी गर्ने तान्त्रिकले जनतालाई लुट्दै ज्यानसम्म लिने घटनामा कमी आएको छैन् । मैथिल संस्कृति अन्तर्गत मधुश्रावणी पर्वमा बत्तीले पोलेपछि जति ठूलो फोंका निस्किन्छ त्यक्तिनै दुलही भाग्यशाली हुने लोकविश्वास पनि पाइन्छ ।

अनेकौं प्रसंगमा यस्ता विश्वासले मानवको स्वास्थ्य र जीवन शैलीमा महत्वपूर्ण प्रभाव पारेको छ ।सांस्कृतिक परम्परा नदी झैं प्रवाहशील र देशकाल पात्र अनुसार रूपान्तरण हुन नसकेमा सांस्कृतिक प्रगति नै अवरूद्ध हुन्छ , त्यसकारण असामयिक अन्धानुकरणप्रति विचार गर्नु जरूरी छ ।

Comment


Related News

Latest News

Trending News