अपडेट 
२०८० असार ४, सोमबार १३:२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि समाजवादी मोर्चा घोषणाको समय सरेको छ।

दिउँसो ३ बजेलाई तय भएको समाजवादी मोर्चाको घोषणा अपराह्न ४ बजेलाई सरेको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

‘उहाँ केही बेरअघि पूर्वी पहाडी क्षेत्रको बाढी, पहिराले पुर्‍याएको क्षति र त्यहाँको वस्तुस्थिति बुझन् जानुभएको छ,’ उनले भने।

आज अपराह्न माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गर्दैछन्।

मोर्चाको राजनीतिक–सैद्धान्तिक आधार र १५ बुँदे प्रतिबद्धतापत्र तयार भइसकेको छ।

Comment


Related News

Latest News

Trending News