अपडेट 
२०८० असार ५, मंगलवार ०६:२३

जनकपुरधाम उपमहानगरपालिका– ९ थापा चोककी २२ वर्षीया आरती कुमारी साह मृत्यु प्रकरणमा बहस जारी छ । दुई दिनदेखि जिल्ला अदालत धनुषामा दुबै तर्फका वकिलले बहस गरिरहेका छन् । मृतक आरतीका बुबा विनोद प्रसाद साहले दिएको कर्तव्य ज्यान मुद्दामा सरकारी वकिल कार्यालयले आरोपित आरतीका श्रीमान मोतीलाल साह र ससुरा मदन साहलाई पुर्पक्षमा पठाउन आदेशको माग गरेका छन्, भने प्रतिवादीतर्फका वकिलले आरोपिलाई साधारण तारिखमा राख्न माग गर्दै आएका छन् ।

सोमबार न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा बहस भएको थियो । सरकारी वकिलको तर्फबाट सुदिप दंगाल, जाहेरवालाको वकिल वरिष्ठ अधिवक्ता चन्द्र शर्मा मैनाली ,अधिवक्ता ईन्द्र प्रसाद अर्याल, रिंकु कुमारी यादव र राधा कुमारीले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता विनोद कुमार शर्मा, सुदिप कोईराला, दीपक बहादुर केसी र मदन पाण्डेले बहस गरेका थिए । न्यायाधीशले वादीतर्फको जिकिर सुनिसकेका छन् भने प्रतिवादीतर्फको पनि दुई वटा वकिलको तर्क सुनेका छन् । समय अभावले अन्य वकिललाई सुन्न सकेनन् । तर, मंगलबार दुबै तर्फको वकिलको जिकिर सुनेर न्यायाधीशले आदेश जारी गर्ने बताइएको छ । यो आदेशपछि न्यायाधीशले अन्य प्रमाणको लागि आदेश गरी सुनुवाइ गर्नेछन् ।

गत जेठ ७ गते आरतीको ससुरा पक्षले हत्या गरेको माइती पक्षको आरोप छ । आरतीको मृत्यु शंकास्पद देखिएको माइतीले सुरुदेखि गुनासो गर्दै आएका छन् । असार १ गते झण्डै एक महिनापछि मुद्दा दर्ता भएको छ । अहिले उनको परिवार न्यायको माग गर्दै काठमाण्डुमा प्रदर्शन गर्दै आएका छन् । आरतीको विवाह दुई वर्ष अगाडि मोतीबाबुसंग भएको थियो ।

Comment


Related News

Latest News

Trending News