२०८० असार ५, मंगलवार १४:२६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको प्रश्नोत्तर कार्यक्रम शुक्रबार हुने भएको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तरको कार्यक्रम शुक्रबार हुने जानकारी सदनलाई गराएका हुन्।

उनले यसका लागि प्रश्न सोध्न १७ वटा समूह विभाजन गरिएको पनि जानकारी दिए। उक्त समूहमा १५ जना सांसद सदस्य रहने उनले बताए।

आज अपराह्न ५ बजेसम्म प्रश्न लिखित रूपमा प्रतिनिधि सभाका सचिवसमक्ष पेश गर्न पनि उनले अनुरोध गरेका हुन्।

Comment

Related News

Latest News

Trending News