अपडेट 
२०८० असार ७, बिहीबार ०६:१३

एक्का्ईसौं शताब्दीमा कुनै पनि देशको भौगोलिक नक्सामा परिवर्तन सम्भव छैन । सम्बन्धित देशहरुका शासकको सहमती विना यसमा सामान्य हेरफेर पनि गर्न सकिदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को हालै सम्पन्नन भारत भ्रमणताका उनको एउटा निजी सुझावले निकै चर्चा पाएको देखियो। भारत र बांग्लादेशले आपसी सहमतीमा केही भू– भागकोफेरबदल गरेर सधैका निम्ति आफ्ना सिमाना विवाद दुङ्गयाए जस्तै नेपालले पनि भारतसित यसै आधारमा आफ्नो सिमाना विवाद टुङ्गयाउयन सक्दछ कि ? भन्नो उनको सकारात्मक सुझावलाई पनि अतिरन्जित रुपमा प्रस्तुत गर्ने काम भयो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका तथा युरोप पठाउने कार्यमा ठगीको आरोप लागेकाहरुले यस विषयलाई गतिलो राजनीतिक मुद्दा बनाए र बडो चलाखी पुर्वक सुगौली सन्धि हुनुभन्दा अघिको नेपालको युद्धकालीन अवस्थाको नक्सालाई आधार बनाई ग्रेटर नेपालको नक्सा अघि सारे । ग्रेटर नेपालको नक्सालाई लिएर नेपालमा प्रदर्शन गर्न काम विगत तीन दशक देखी हुदै आएको छ । दक्षिणी छिमेकी भारतको नव निर्मित संसद भवन परिसरमा बनाईएको अखण्ड भारतको नक्सा जारी भएको एक महिना पनि भएको छैन ।अखण्ड भारत सांस्कृतिक नक्सा हुन सक्दछ तर राजनितिक रुपले संमव छैन यही जवाफ भारतले पनि दिएको छ । भारतको विभाजन धर्मको आधारमा भएकाले पाकिस्तान तथा बांग्लादेश भारतमा आउन चाहे पनि भारतले स्वीकार गर्ने छैन । नेपालको गौरवशाली सभ्यता एंव संस्कृति रहेको छ । आफ्नो छुटै तर विशिष्ट पहिचान पनि छ । नेपालको छुट्टै पहिचान प्रति भारत पनि गर्व गर्दै आएको छ । राष्ट्रिय राजधानी काठमाण्डौंका मेयर बालेन्द्र साहले आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा झुण्डाएर चर्चा त पाउनु भएको छ तर नेपाल सरकारको आधिकारिक नक्सालाई वहाँले कसरी र कहाँ विस्थापन गर्नु भयो ? त्यसको जवाफ उनीसित भरसक छैन ।

ग्रेटर नेपालको नक्सा बनाउने र यस अभियानमा लागेकाहरु पूर्व, दक्षिण र पश्चिसमतिरको नेपालको पूरानो भूभाग बारे चिन्ता व्यक्तम गरेका हुन, त्यस भूभागलाई पनि नक्सामा अटाएका छन्तर नेपालको उत्तरी सिमानाबारे मौन देखिएका छन् । ग्रेटर नेपालको नक्सामा वि.सं.२०१६ साल भन्दा अघिको सगरमाथाको तस्वीर पनि छैन । पूर्वमा तिस्टा, दक्षिणमा गंङ्गा किनार र पश्चिामको कांङ्गडा सम्मको कुरा गरिन्छ तर सगरमाथा, टिङ्गुरी मैदान, केरुङ्ग र ल्हासाको कुरा किन हुदैन? २०१७ बैशाखमा तत्कालिन प्रधानमन्त्री वि.पी.कोइराला चिन गएका बेला सिमा रेखाङ्कन र विभाजनको विवरण सम्बन्धित सम्झौतामा हस्ताक्षर भएको थियो। द्दण्ज्ञड असोज १९ मा तत्कालीन राजा महेन्द्र र चिनियाँ राष्ट्रपति लिउ साओकीविच सिमाना सम्झौतामा हस्ताक्षर भएको थियो । त्यतिबेलाका एक अधिकारी दमनराज तुलाधारले“दमनराज तुलाधर” नामक पुस्तक प्रकाशित गरी नेपाल–चीन सिमा विषय सम्बन्धि कतिपय कुराको रहस्योदघाटन गरेका हुन् । सङ्ग्रह प्रकाशनद्धारा द्दण्घढ सालमा प्रकाशन गरिएको उक्ति किताबको वितरक सांझा प्रकाशन रहेको छ । उनले आफ्नो पुस्तकमा द्दण्ज्ञढ सालमा सिमा स्तम्भ खडा गर्ने काम थालनी भएको बताएका हुन।

मन्त्रालयको उपसचिव भएका कारण उनलाई सुदुर पश्चिाममा ज्ञड वटा पिलर खडा गर्ने जिम्मा दिइएको थियो तर नत उनलाई यसको प्राविधिक ज्ञान थियो नतालिम नै । उनी त केवल त्यस क्षेत्रमा काम गर्न कोही जान नमानेकाले जानु परेको थियो। सिमाङ्कन गर्ने जनशक्ति न त नेपालसित थियो न त तिब्बतसित नै । सिमा स्तजम्भ खडा गर्ने सिलसिलामा खोपरनाथ जाने बाटोमा मानसरोवर र राक्षसदह पर्दछ । त्यहाँ उनले पवित्र मानसरोवरमा स्नान गरे पछि चिनियाँ प्रहरीले उनलाई आफ्नो नियन्त्रण लिएको जानकारी गराए (पृष्ट २०६) । उनी अनुशासित र कर्तव्यनिष्ठ कर्मचारीका नाताले त्यहाँ गएका थिए तर चिनियाहरुले उनलाई आफ्नो नियन्त्रणमा लिई आफु खुशी सिमा स्तम्भ खडा गर्ने काम गरेका थिए। नेपाली कर्मचारीहरुलाई कैदी बनाएर चिनियाँहरुले सगरमाथा क्षेत्रको भूभाग पनि कब्जा गरेको हुन सक्ने उनको दावी छ । चिनको विश्वमका २७ देशसित सिमाना विवाद छ, जसमा कतिपय यस्ता पनि हुन जोसित चिनको सिमाना पनि जोडिएको छैन । नेपाललाई तिब्बतले वर्षेनी तिरो तिर्ने काम समेत गरेको इतिहास छ । नेपालको सिमाना विवाद तिब्बतसित थियो। थापाथली र बेत्रावती सन्धि पनि तिब्बतसित नै भएको थियो। सन् १९५१ मा तिब्बत चिनमा गए पछि त हामीले हाम्रो पुरानो भूभाग पाउनु पर्ने हो।

चिनसित भएका सवै खाले पुरानो सन्धि सम्झौताहरुको पनि समीक्षा हुनु पर्छ । ग्रेटर नेपालको नक्सामा उत्तरी सिमानाको चिन्ता न हुन दुभाग्यपूर्ण हो । ग्रेटर नेपालको १५ प्रतिशत भूभाग अहिले चिनको अधिनमा रहेको गूगल नक्साले पनि देखाउछ तसर्थ नक्सा नै बनाउने भए विराट विशाल र व्यापक बनाउ कमसेकम आत्मसन्तुष्टित हुन्छ । उत्तरी छिकेकी चिनसित नेपालको ज्ञद्ध सय किलोमिटर लामो सिमाना रहेको छ । भौगोलिक विकटता, अभाग्रस्त जनजिवन, सार्हैट न्यून नागरिक आवादी, मिडियाकर्मीको पहुचको अभाव र आवत जावतको व्यापकता नभएका कारण त्यस क्षेत्रको गतिविधी वारे थाहा भई रहेको हुदैन तर पनि गोर्खा मुस्ताङ्ग, रसुवा, सँखुवासभा, सोलुखम्बु, दोलखा,हुम्ला आदि सिमावर्ति जिल्लाका नेपाली भूभागमा चिनिया पक्षहरु सिमा हस्तक्षेपको घटना हुने गरेको समाचारहरु निरन्तररुपमा सार्वजनिक हुदै आएको छ । सन्द्दण्ठ को फेब्रुअरीमा अन्तरिम व्यवस्थापिका संसदको कृषि तथा सहकारी समितिको बैठकमा नेपाली काँग्रेसका सांसद रामजीवन सिंहले तत्कालिन परराष्ट्रमन्त्री श्रीमती सहाना प्रधानसित उत्तरी सिमानामा नेपालको अवस्था कस्तो छ भन्नेि प्रश्न्को जवाफमा मन्त्री् प्रधानले नेपालको हिमाली पर्वत श्रृखंलाको हजारौ हेक्टर भूभाग चिनले बलजफती कब्जा गरी राखेको तथा चिनवाट विदेशी पर्यकटकहरुलाई पनि एभरेष्टमा चढाउने गरेको तर त्यस वापत प्राप्त हने करौडौं रुपैयाबाट नेपाललाई एकसुक्काष पनि उपलब्ध नगराउने गरेको आरोप लगाएका थिइन। उनले यसमाथी रोक लगाउन सरकारी स्तरवाट कुनै प्रयास नै नभएको जवाफ दिएकी थिइन।

नेपालको पहिलो संविधान सभाको राष्ट्रिय हित संरक्षण समितिको अवधारणा पत्रको शिर्षक १,३,८ एंव ढ को सीमा सम्बन्धमा नेपाल र चिनविच सन्धी खुल्ला तथा नक्सागोप्य रहेको उल्लेख थियो । एक सभासदले त्यसबारे प्रश्नि सोध्दा पनि त्यसको जवाफ आउन सकेन । नेपाली कांग्रेसका दिग्गज नेता एंव पूर्व मन्त्री स्व.खुम बहादुर खडकाले आफ्नो एक सम्बोीधनमा राजा महेन्द्रले पंचायती शासन टिकाउन भारतलाई कालापानी तथा चीनलाई सगरमाथा सहितका भूभाग उपहार स्वरुप दिएको आरोप लगाएका थिए । उनले कालापानीको मात्रै कुरा गर्ने नेपालका कम्यूनिष्टहरुलाई एभरेष्ट बारेमा पनि बोल्न चुनौती दिएका थिए ।

नेपालका ख्याति प्राप्त उपन्यासकार एंव साहित्यकार डायमन शम्शेरको जीवनीमा आधारित पुस्तक “सेकेण्ड लेफिटनेन्ट देखि नख्खुे जेलसम्म’” शिर्षकको किताब हेमांगराज गिरीले लेखका हुन् । अक्सफोर्ड प्रकाशन काठमाण्डौंद्धारा प्रकाशित उक्त पुस्तकमा डायमन शम्शेरले राजा महेन्द्रले सगरमाथा र माउण्ट एभरेष्ट उत्तरीपट्टीको हिस्सा कालाखाड संहितको सम्पूर्ण क्षेत्र एंव नेपाल भित्रका ज्ञछ वर्ग मिल भूभाग उपहार स्वरुप चिनलाई प्रदान गरेको कुरा उल्लेख छ । त्यो सम्झौता हुनु भन्दा अघिसम्म नेपाली गोठालाहरु सगरमाथाको उत्तरी पट्टीको टिंगरी मैदान क्षेत्रमा आफ्नो भेडा–च्याङ्ग्रा चराउने गर्दथे। तर सम्झौता पछि त्यो भाग नै नेपालको रहेन। तसर्थ नेपालसित पुरानो नाप नक्सा र प्रमाण रहेको उत्तर तिरको भुभागलाई समेटी पुर्ण नक्सा बनाईनु पर्दछ ।

अहिलेको ग्रेटर नेपालको नक्सा अधुरो छ ।राष्ट्रगवादीहरु पक्कै पनि यसमा ध्यान केन्रिेपात गर्नेछन् ।

Comment


Related News