अपडेट 
२०८० असार ७, बिहीबार ०६:१४

बेला बेलामा मल नपाएर किसानदेखि राजनीतिक दलले पनि विरोधका कार्यक्रमहरु गर्दै आएको अवस्थामा यस वर्ष तत्कालका लागि धनुषामा मलको अभाव नरहेको सरोकारवाला निकायले जानकारी दिएका छन् । जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका अनुसार अझै गोदाममा ठूलो परिमाणमा रासायनिक मलको मौज्दात रहेको छ । सो कार्यालयका प्रमुख रवि कुमार केसरीका अनुसार अहिले गोदाममा युरिया १ हजार १३१ दशमलव ७५० मेट्रिकटन,डिएपि ९६२ दशमलव८५० मेट्रिकटन र पोटास् २ दशमलव ७५० मेट्रिकटन रहेको बताए । उनले चालु अािर्थक वर्षमा अहिलेसम्म ४ हजार २७० दशमलव ७०० मेट्रिकटन युरिया, २ हजार ३४९ दशमलव ८ सय मेट्रिकटन डिएपि र २११ मेट्रिकटन पोटास वितरण गरिएको बताए । धान रोपाइको सिजन भएसँगै अव रसायनिक बलको बिक्री वितरण बढ्ने उनले बताए । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामको गोदाममा अहिले रासायनिक मल पर्याप्त भए पनि धनुषा र महोत्तरीको लागि वार्षिक आवश्कता बमोजिम मल अझै कम्पनीसंग नरहेको प्रमुख केसरीले बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयको वार्षिक लक्ष्य युरिया ९ हजार, डिएपि ६ हजार र पोटास ५५१ मेट्रिकटन रहेको छ । जुन कम्पनीको मौज्दात भन्दा धेरै बढी रहेको छ । केसरीले बाँकी रहेको मल अब केही दिनमा आउने बताए । सिजनमा स्थानीय तहले आन्तरिक विवादका कारण सिफारिस नदिँदा धनुषा र महोत्तरी जिल्लामा रहेका २ सय ६ वटा थोक बिक्रेताहरुलाई माग अनुसारको मल उपलब्ध गराउन नसक्दा गोदामा मल थन्किएको हो । स्थानीय तहको आन्तरिक विवादको कारण स्थानीय तहमा रहेका सहकारीहरुले मलको खरिद गर्न नसक्दा गोदाममा ठूलो संख्यामा रासायनिक मलका बोराहरु थन्काएर राखिएको छ ।

संघीय सरकारले धान गहु,मकै र तरकारी खेती गर्ने किसानहरुलाई प्राथमिकतामा राखी सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउँदै आए पनि मल समबन्धमा सिफारिस गर्दा स्थानीय तहले विवाद गर्ने र समयमा सिफारिस नगर्दा थोक बिक्रेताहरुले माग गरे जति मल दिन नसक्दा बढी मात्रामा मल बिक्री हुन नसकेको प्रमुख केसरी बताए । सरकारले किसानहरुलाई सहुलियत दरमा युरिया मलप्रति बोरा रु ८ सय ४३ ,डिएपि प्रति बोरा रु २ हजार २ सय ९३ र पोटासप्रति बोरा रु १ हजार ६ सय ९३ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । तर धनुषा र महोत्तरीका थोक बिक्रेताहरुले दुर्गम गाउँमा सो मल ल्याउँदा ढुवानी खर्च बढी लाग्ने,बाटोमा प्रहरीले क्षमता भन्दा बढी लोड गरेको भनेर जथाभावी रकम माग्ने गरेकाले महगोमा मल बेच्नुपर्ने बाध्यता रहेको बिक्रेताहरुको गुनासो छ ।

जनकपुरधाम शाखाको गोदाममा मल पर्याप्त रहे पनि बिक्रेताहरुले मागे जति मल उपलब्ध नगराउँदा अहिले पनि कति ठाउँमा मलको समस्या देखिएको छ । सरकारले उखु गर्ने किसानलाई प्राथमिकतामा नराख्दाँ कतिपय किसानहरु खरिद गरी लगेको मल उखु खेतीमा प्रयोग गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News