अपडेट 
२०८० असार ७, बिहीबार ०६:१५

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख मीरा यादव विरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालत जनकपुर इजलास, राजविराजले आदेश दिएको छ ।

भारतीय नागरिक मीरा नेपालको नागरिकता लिइ उपप्रमुखसमेत बनेकी र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै डाक्नेश्वरी नपा ३ का कृष्णकुमार यादवले परमादेश आदेशको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । ५ जेठमै मुद्दाको भएको फैसला बमोजिम अदालतले बुधबार उच्च सरकारी वकिलको कार्यालय, राजविराजलाई आदेशको जानकारी गराइदिन पत्र पठाएको छ । ‘निवेदक कृष्णकुमार यादव र विपक्षी जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तर ीसमेत भएको परमादेश रिट निवेदनमा विपक्षीमध्येका जिल्ला प्रहरी कार्यालय, सप्तरीका नाममा परमादेशको आदेश जारी हुने ठहर यस अदालतबाट जेठ ५ गते आदेश भइ उक्त आदेश असार ३ गते प्रमाणीकरण भएको हुँदा उक्त आदेशको प्रमाणित प्रतिलिपिसमेत यसै साथ राखी जानकारी गराइएको छ’ पत्रमा भनिएको छ, ‘सोको जानकारी त्यहाँ कार्यालय मार्फत् विपक्षीलाई जानकारी गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’

उपप्रमुख मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको विहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको भन्दै साउन २०७९ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको थियो । मीरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठो विवरण पेश गरेर नागरिकता लिएको आरोपिको दाबी छ ।

भारतको निर्वाचन नामावली २०२२ मा मीराको नाम रहेको दाबी गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणको रुपमा उजुरीमा समावेश गरिएको छ ।

Comment


Related News

Latest News

Trending News