अपडेट 
२०८० असार ७, बिहीबार १५:१८

धनुषाको ढल्केवरमा इनारभित्र एक युवकको शव भेटिएको छ ।

बिहीबार बिहान ढल्केवरस्थित एभरेष्ट आयल स्टोर नजिकको इनारभित्र युवकको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले इनारभित्र पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीय एक युवकको शव भेटिएको जानकारी दिए ।

सशस्त्र प्रहरीको सहयोगमा शवलाई इनारबाट बाहिर ल्याएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । स्थानीयले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृतिबारे तत्काल यकिनसाथ भन्न नमिल्ने बताउँदै प्रहरी निरीक्षक राईले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News