अपडेट 
२०८० असार ७, बिहीबार १९:२७

जनता समाजवादी पार्टी (जसपा) नेपालले थप १८ जनालाई विधान अधिवेशन प्रतिनिधि चयन गरेको छ ।

जसपाको विधान अधिवेशन असार १० गतेदेखि हुँदैछ । संघ तथा प्रदेशमा त्यस्ता सांसद आठ जना रहेका छन् । त्यस्तै, पार्टीको साधारण सदस्य तथा अन्य भातृ संगठनमा रहेकामध्ये १० जनालाई समेत प्रतिनिधिमा चयन गरेको छ ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते विभिन्न ग्रुप बनाएर छलफल गर्ने  र १२ गते  विधानमाथि नेताहरुले धारणा राख्ने छन् ।अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

Comment


Related News

Latest News

Trending News