अपडेट 
२०८० असार ८, शुक्रबार ०६:४४

धनुषामा जग्गा विवादमा एकजना वृद्धको हत्या भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका – ९ कुम्हरौलमा पर्ने जनकपुरधाम–ढल्केवर राजमार्गमा दुई पक्षबीच विवाद हुँदा ७० वर्षीय भोला ठाकुर बरहीको मृत्यु भएको छ । जानकी मेडिकल शिक्षण अस्पताल रमदैयामा उपचारको क्रममा उनको बुधबार राति मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जनाएका छन् । गौतमका अनुसार मृतक भोला दमका रोगी थिए । विवादमा बटेश्वर गाउँपालिका ५ शान्तिपुरका सुनिल साहले कोदालोले प्रहार गर्न भन्दै धक्काधुक्की दिएको बताइएकोछ ।

यद्यपि अर्को पक्षले होहल्ला मात्रै भएको र कुटपिट नभएको दाबी गर्दै आएका छन् । अहिले मृतक भोलाको शव पोस्टर्माटमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाएको डीएसपी गौतमले बताए । मृतक भोलाका छोरा श्याम शर्माले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा जाहेरी दिएका छन् । उनले सुनिल साह र अनिल चौधरीलाई विपक्षी बनाइ ज्यान मार्ने सम्बन्धी मुद्दा दर्ताका लागि जाहेरी दिएको बताएका छन् । जाहेरी परेको प्रहरीले पनि पुष्टी गरे । तर यस विषयमा आवश्यक अनुसन्धान गरी मात्रै आरोपिमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ । पोष्टमार्टमको रिर्पोटपछि मात्र अनृुसन्धानको प्रक्रिया निष्कर्षमा पुग्न सक्ने प्रहरीको कथन छ । रोगले मृत्यु भएको अवस्थामा हत्याको जाहेरी दर्ता नहुने अधिकारीहरुले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सयौं स्थानीय वासिन्दाहरुले मुद्दा दर्ताको माग गर्दै प्रदर्शनसमेत गरेका थिए । उनीहरुले ठाकुरको हत्यामा साह र चौधरीको संलग्नता रहेको आरोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News