
धनुषामा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको बटेश्वर गाउँपालिका –१, चित्रपुरका श्रीलाल महतोको पाँच वर्षीया छोरी सन्ध्याकुमारी महतोको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा बालिकालाई सर्पले डसेको थियो । उपचारका लागि सिरहाको बन्दीपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिए पनि बचाउन नसकिएको मृतक बालिकाका बुवा श्रीलाल महतोले बताए।