अपडेट 
२०८० असार ८, शुक्रबार ०७:२०

धनुषा प्रहरीले चोरीको ट्याक्टरसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार धनुषाधाम नगरपालिका– ५ का २६ वर्षीय धमेन्द्र कुमार साहलाई पक्राउ गरेका छन् । बुधबार धनौजी गाउँपालिका– ३ का फिरोज साहुको ज१त ८६९१ नम्बरको ट्याक्टर चोरी भएको थियो । सोही ट्याक्टरसहित साहलाई क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरबाट प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार पक्राउ परेका साहलाई धनुषा प्रहरीको हिरासतमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा भएपछि ट् याक्टर सवारी धनीको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

त्यस्तै, रौतहटमा पनि चोरीको मोटरसाइकलसहित मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का दशरथ साह कानुको छोरा १९ वर्षीय अर्जुन साह कानु रहेका छन् ।

गत असार ३ गते दिउँसोको समयमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित डुमरिया बजारको साइडमा पार्किङ गरी राखेको अवस्थामा मोहन कुमारको नाममा दर्ता रहेको ना. ४५ प. ७५५१ नम्बरको सिबि साइन एसपि कम्पनीको मोटरसाइकल चोरी भएको थियो । चोरी खबरपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट तत्कालै प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालासमेतको प्रहरी टोली खटी गइ खोजतलास गर्ने क्रममा सोही दिन उक्त बाइक फेला पारेको थियो । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ शहीद बजार चोक स्थितमा कानुलाई उक्ते मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको थियो ।

पक्राउ परेका कानुलाई जिल्ला अदालत गौरबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News