अपडेट 
२०८० असार ८, शुक्रबार १८:१८

जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलिएको छ ।

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर देशभर मनसुन फैलिएको जानकारी गराएको हो । औसतभन्दा एक दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर फैलन नौ दिन लागेको छ ।

मनसुन नेपाल प्रवेश गरेको पहिलो दिनमै कोशीसँगै बाग्मती र मधेस प्रदेशको पूर्वी भूभागमा फैलिएको थियो । विभागले निकालेको विशेष बुलेटिनमा देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आउँदाे तीन दिन विभिन्न भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको उल्लेख छ ।

मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा र केही ठाउँमा अत्यधिक वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, भूक्षय लगायतका समस्या आउन सक्ने भन्दै विभागले खराब मौसमका कारण हुन सक्ने जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Comment


Related News

Latest News

Trending News