अपडेट 
२०८० असार ९, शनिबार ०८:३४

धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट दुईजना बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर–३ बस्ने २० वर्षीय अक्षय कुमार यादव र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–११ बस्ने २७ वर्षीय प्रविण झा रहेका छन् ।

शुक्रबार दिउँसो साढे ३ बजेको समयमा जनकपुरधाम–१४ स्थित यातायात कार्यालयमा बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटेको प्रहरी टोलीले दुबैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Comment


Related News

Latest News

Trending News