अपडेट 
२०८० असार १०, आईतवार १३:१२

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहाल तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत विशिष्ट व्यक्ति तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको जानकारी दिएका हुन् ।

गृहमन्त्री श्रेष्ठका अनुसार ३१६ सुरक्षाकर्मीमध्ये १९० नेपाल प्रहरी र १२६ सशस्त्र प्रहरी बलका रहेका छन् ।

Comment


Related News

Latest News

Trending News