अपडेट 
२०८० असार ११, सोमबार ०७:४६

अदालतको आदेश कार्यान्वयनमा धनुषा प्रहरी प्रशासनले बेवास्ता गरेको देखिएको छ । उच्च अदालतले धनुषाको पोर्ताहामा संचालित न्यू उज्वल सप्लायर्स र लवकुश बालुवा प्रशोधन उद्योग प्रा.लि. माथि गैरकानूनीमा कब्जा गरेको रिट सम्बन्धमा जारी गरेको निषेधाज्ञा आदेश कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालय ढल्केवरले बेवास्ता गरेको पाइएको छ ।

न्यू उज्वल स्पलायर्सका संचालनक सुरेन्द्र कुमार सिंह र लवकुश बालुवा प्रशोधन उद्योग प्रा.लि.का संचालक ज्ञानेन्द्र कुमार सिंहले आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी आफूहरुको फार्म कब्जा गरेका स्थानीय गणेशमान चारनाथ नगरपालिका ८ का अच्छेलाल महतो सहितका व्यक्तिलाई संरक्षण गर्न प्रशासनले अदालतको आदेशलाई अवहेलना गर्दै निषेधाज्ञा कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

उनीहरुले भने आफूले अच्छेलाल सहितका अपराधिक समूहका व्यक्तिले हप्ता असुलीको नाममा , ५ लाख रुपैया महिनाबारी टैक्सको रुपमा नदिए उद्योग व्यवसाय नै चल्न नदिने भनी कब्जा गरेर राखेका सम्पति छुटाउन र शान्ति सुरक्षाका लागि शुरुमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा प्रहरीले लिन मानेनन । पछि हुलाक मार्फत पठाएपनि प्रहरी प्रशासनले कुनै पहल नगरेपछि बाध्य भएर उच्च अदालतमा मुद्दा दायर गर्दा निषेधाज्ञाको अन्तरिम आदेश जारी भयो ।

तर सो आदेश कार्यान्वयन नहुँदा पुन अदालतमा आदेशका लागि निवेदन दियौं । अदालतले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईप्रकालाई आदेश कार्यान्वयनका लागि पत्राचार मार्फत निर्देश दिंदा पनि ती निकायहरुबाट अव्हेलना गरिदैं आएको छ । उनीहरुले पोर्ताहामा संचालन गर्दै आएको बालुवा प्रशोधन केन्द्र र सप्लायर्समाथि कब्जा गरी पोर्ताहा निवासी अच्छेलाल महतोको नेतृत्वमा केही व्यक्तिहरुले आफै संचालन गर्दै आएका छन ।

अच्छेलाल समूहले संचालक सिंहद्वयलाई प्रति फार्म ५ लाख रुपैयाको दरले महिनाबारी टैक्स दिनुपर्ने भन्दै भगाएर आफै नक्कली भ्याट बिल छपाएर बिक्री वितरण समेत गर्दै आएका छन । तिनीहरुको अपराधिक कार्यले आजिज भई ज्ञानेन्द्र र सुरेन्द्रले जिल्ला प्रहरी कार्यालय पुग्दा सहयोग नभएपछि सप्रमाण अच्छेलाल महतो, उनका छोरा अमित कुशवाहा, किशोरी महतो, लालबाबु महतो र जिल्ला प्रहरी कार्यालय तथा डिएसपी वेदप्रसाद गौतमलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

उनीहरुका अनुसार अच्छेलाल शुरुदेखि नै अपराधिक प्रवृतिको व्यक्ति हो । यसअघि उनी हत्या मुद्दामा ७ साल कैद सजाय समेत जेलबाट भोगेर आएका छन । यी बाहेक प्रहरीमा अच्छेलाल विरुद्ध दर्जनौ लुटपाट, कुटपिट लगायतका मुद्दा दर्ता छन ।

Comment


Related News

Latest News

Trending News