अपडेट 
२०८० असार ११, सोमबार ०८:२६

लक्ष्मीनियाँ गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८०/८१ का लागि पैतालीस करोड सताइस लाख अठ्ठाइस हजार रुपैयाँको आयव्ययसहितको नीति कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।

११ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले सो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । नगरप्रमुख मिश्रद्वारा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४१ प्रतिशतको र पुँजीगततर्फ ५९ प्रतिशत रकम रहेको छ । बजेटको स्रोतको रुपमा नेपाल सरकारबाट प्राप्त वित्तीय अनुदान १० करोड ११ लाख, सशर्त अनुदानमा १५ करोड राजस्व वाँडफाँटबाट प्राप्त हुने ७ करोड ५४ लाख ९ हजार र गाउँपालिकाको चालु आर्थिक वर्षको बाँकी रहने मौज्दात १० करोड , प्रदेश सरकार वित्तीय सामानीकरण ७३ लाख ७ हजार, प्रदेश सरकारको राजस्व वाडँफाँटबाट प्राप्त हुने २ करोड ५० लाखसहितको रहेको छ ।

नीति कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष मिश्रले किसान, मजदुर, दलित, जनजाति, पिछडावर्गलगायतका समुदायको जीवनमा सुधार हुनेखालका कार्यक्रमहरु नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश सांसद तथा प्रमुख सचेतक कुमरकान्त झा र सांसद शेषनारायण यादवले गाउँपालिका अध्यक्ष मिश्रले प्रस्तुत गरेको बजेटले गाउँवासीको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

 

Comment


Related News

Latest News

Trending News