अपडेट 
२०८० असार १२, मंगलवार ०६:५१

धनुषाको गणेशमान चारनाथ नगरपालिका पोर्ताहास्थित सञ्चालित न्यू उज्वल सप्लायर्स र लवकुश बालुवा प्रशोधन उद्योग प्रा.लि स्थानीय अच्छेलाल कुशवाहाले गैर कानुनी रुपमा कब्जा गरेको आरोप लागेको छ ।

स्पलायर्सका संचालक सुरेन्द्र कुमार सिंह र लवकुश बालुवा प्रशोधन उद्योग संचालक ज्ञानेन्द्र कुमार सिंहले आइतवार पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो । अच्छेलालसहितको टिमले आफूसित पाँच लाख रुपैयाँ प्रति महिना सञ्चालनको लागि ‘रंगदारी’ भत्ता मागेको सञ्चालक द्वय सिंहको आरोप छ । उनीहरुले मागेको रकम नदिदा उनीहरुले बल प्रयोग गरी कब्जा गरेका छन् । नक्कली बील छप्पाएर धमाधम समानहरु विक्रि गरिरहेको सञ्चालकद्वय सिंहले गुनासो गरे ।

सो विषयमा सञ्चालक दुबै जनाले उच्च अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा दिएका थिए । अदालतले गत जेठ १९ गते विपक्षी सबैलाई सो उद्योग तथा सप्लार्यश सञ्चालनमा कुनै अवरोध र धाक धम्की नदिन आदेश दिएको थियो । सो आदेश अच्छेलाल टिमले अटेर गरेपछि उनीहरुले पनि आदेश कार्यान्वयनको लागि अदालतलाई गुहारेका थिए । त्यसपछि अदालतले इलका प्रहरी कार्यालय ढलकेवरलाई आदेश कार्यान्वयनको लागि पत्र काटेका थिए ।

‘न्यू उज्वल सप्लायर्स र लवकुश बालुवा प्रशोधन उद्योग प्रालि सञ्चालन तथा बिक्री वितरणमा रोक लगाउने जस्ता कुनै कार्य नगर्नु, नगराउनु, कुनै अवरोध नपु¥याउनु, निवेदकको सम्पत्ति लुटपाट नगराउनु भनी अन्तरिम आदेशको कार्यान्वयन गर्न गराउनमा सहयोग गरी र सोको जानकारी यस अदालतमा पठाइदिनुहुन आदेशानुसार अनुरोध छ,’आदेश कार्यान्वयनको पत्रमा लेखिएको छ ।

अदालतको आदेश कार्यान्वयनमा प्रशासनले सहयोग नगरेको बताइएको छ । आफूहरुको फार्म कब्जा गरेका स्थानीय गणेशमान चारनाथ नगरपालिका ८ का अच्छेलाल महतोसहितका व्यक्तिलाई संरक्षण गर्न प्रशासनले अदालतको आदेशलाई अव्ेहलना गर्दै निषेधाज्ञा कार्यान्वयन नगरेको ज्ञानेन्द्र कुमार सिंहले बताए ।

Comment


Related News

Latest News

Trending News