अपडेट 
२०८० असार १२, मंगलवार ०६:५४

नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशले ५६ औं स्थापना दिवस मनाएको छ ।

सोमबार जनकपुरधामको जनक चोकमा दीप प्रज्वलन गरी लम्पी स्किनको बारेमा विस्तृत जानकारी दिँदै स्थापना दिवस मनाइएको छ । कार्यक्रममा मधेश प्रदेशका अध्यक्ष विनोदकुमार यादवले भारतसँग सीमा जोडिएका ६ जिल्लाका पशुहरुमा ’लम्पी स्किन’ रोग देखिएको बताए । उनले नेपालमा पहिलो पटक देखिएको यो रोग लम्पी स्किन भाइरसबाट सर्ने गरेको जानकारी दिए । मधेश प्रदेशका अध्यक्ष यादवले प्रदेश १ का मोरङ, झापा र सुनसरी मधेश प्रदेशको रौतहट र बागमती प्रदेशका चितवन र मकवानपुरमा किसानले पालेका गाईभैँसीमा लम्पी स्किन रोग देखा परेको बताए । उनका अनुसार हालसम्म २ हजारभन्दा बढी गाईमा यो रोग देखा परेको छ । डा. यादवका अनुसार रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खाहरू देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो, कचेरा र सिंगान बग्ने जस्ता लक्षणहरु देखा पर्ने गरेका छन् । छिमेकी भारत हुँदै यो रोग नेपालमा भित्रिएको उनले बताए । अध्यक्ष डा.यादवले भने,’भारत र बंगलादेशमा पनि यो रोग देखिएकाले त्यतैबाट सरेर आएको हुन सक्ने अनुमान रहेको छ ।’ अफ्रिकाबाट मध्यपूर्व हुँदै यो रोग भारत र बंगलादेशमा सन् २०१९ मा पनि देखा परेको थियो । सुरुमा गाईमा मात्रै देखिएको यो रोग चितवनमा भने भैंसीमा पनि फैलिएको नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. दिनेशकुमार सिंहले बताए । उनले भने, ’सुरुमा गाईहरुमा मात्रै देखिएको थियो । चितवनका केही स्याम्पलहरुमा भने भैंसीमासमेत देखा परेको छ ।’ यो रोग लागेपछि गाईभैंसीले कम दूध उत्पादन गर्ने डा. सिंहले बताए । यसले करीब ८० प्रतिशतसम्म दूध उत्पादन घटाउन सक्ने उनले बताए । यसको मृत्युदर १ देखि १० प्रतिशतसम्म रहेको उनले बताए ।

कार्यक्रममा डा. जागेश्वर यादव, डा.सरोज चौधरी, डा. संजीव ठाकुर, डा. नवीन पौडेल, डा. मुकेश नायक, डा. सुनिलकुमार यादव, डा. तुलसी राम, डा. पवनकुमार झा लगातका चिकित्सकहरुले आ–आफ्ना मनतव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News