अपडेट 
२०८० असार १२, मंगलवार ०७:४०

महोत्तरीको बलवा नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि ५४ करोड भन्दा बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा नगरपालिकाद्वारा ५४ करोड ९३ लाख ९७ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरिएको छ । नगरपालिकाको सम्पन्न सातौं नगरसभाबाट सो बजेट सार्वजनिक गरिएको छ ।

बलवा नगरपालिकाले स्वच्छ, सृजनशील समृद्ध पर्यटकीय नगरीको परिकल्पना गरेको छ । नगरपालिकाले ‘समृद्ध बलवा, सुखी नगरवासी’ बनाउने अवधारणा बमोजिम विद्यमान अवसर तथा चुनौतीहरुलाई सम्वोधन गर्न दीर्घकालीन उद्देश्यसहित विकासलाई मौलिक ढाँचामा अगाडि बढाउने लक्ष्य राखेको जनाएको छ । अत्याधुनिक पूर्वाधार विकाससहित समग्र समृद्धिका लागि राजनीतिक, सामाजिक, प्रशासनिक, प्राविधिक तथा सांस्कृतिक पक्षको दीर्घकालीन योजना तर्जुमा र सोही अनुसार स्वच्छ सृजनशील समृद्ध र पर्यटकीय नगर निर्माणमा जोड दिइएको छ । उद्योग, व्यवसाय तथा उत्पादनमूलक प्रकृतिका क्रियाकलापबाट आर्थिक उन्नतिको अवसर सृजना गरी गरीबी न्यूनीकरणमा जोड दिने लक्ष्य लिइएको जनाइएको छ ।

आन्तरिक राजश्व वृद्धिका लागि नयाँ क्षेत्रको पहिचान गरी स्थानीय स्रोतको परिचालनबाट आत्मनिर्भरतामा जोड दिने लक्ष्य लिइएको छ । त्यस्तै,उपेक्षित उपलब्धिहरुमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटबाट समग्र नगरवासीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक विकास भइ समृद्ध नगर निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नगरपालिकाले आर्थिक विकास तथा गरीबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढउन सक्ने, स्थानीय सहभागी जुट्ने, स्वयम सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने, स्थानीय स्रोत साधन र सीपको अधिकतम प्रयोग, महिला बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि, दिगो विकास, वातावरणीय संरक्षण तथा सम्वद्र्धन गर्न सघाउ पुर्याउने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर् याउनेलगायतका विषयहरुलाई बजेटमा प्राथमिकता दिएको छ ।

नगरपालिकाले आर्थिक समृद्धिको आधार कृषि प्रसार भन्ने मूल नाराका साथ कृषि उत्पादनमा व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण तथा बजारीकरणमा विशेष जोड दिँदै सामूहिक खेती प्रणाली विकास गरी कृषि क्षेत्रबाट आत्मनिर्भर र मर्यादित बनाउने नीति अवलम्बन गरेको छ । नगरपालिका भित्रका कृषियोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउन स्यालो ट्युवेल, डीप ट्युवेल, कुलो निर्माण नगरपालिका तथा प्रदेश सरकार संघीय सरकारको सहकार्यमा संचालन गरिने जनाएको छ । नगरभित्र कृषि सूचना केन्द्र र कृषि पाठशाला संचालन गर्ने लक्ष्य लिइएको छ । बलावा नगरले नगर पर्यटन व्यवस्थापन सम्बन्धी गुरु योजना निर्माण गरी पर्यटकीय पूर्वाधार विकासमा प्राथमिकीकरणका आधारमा लगानी गर्ने नीति लिइने जनाएको छ । नगर क्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक क्षेत्रको संरक्षण, सम्वद्र्धन गर्दै सम्भाव्यताको आधारमा पर्यटकीय क्षेत्रको विकासका कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

सवै बालबालिकाको पहुँच विद्यालयसम्म पुर्याउन बालबालिका झिकाउ, सिकाउ र टिकाउ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । प्रारम्भिक बाल विकास तथा पूर्व प्राथमिक कक्षाको गुणस्तरीय पहुँच सुनिश्चित गर्न बालमैत्री बातावरण सिकाइ गरिने जनाएको छ । बलवा नगरपालिकामा एक वडा एक नमुना विद्यालयको नीति लिइ नमुना विद्यालय निर्माण कार्यलाई तीव्रता दिइने जनाएको छ । योग मनोहर वसन्त क्याम्पसको संचालन तथा व्यवस्थापनलाई सुदृढ गरी थप संकायहरुको अध्ययन अध्यापनका लागि पहल गरिने जनाएको छ ।

नगरसभाबाट स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिइने, आयुर्वेद स्वास्थ्य सेवा अन्तर्गत प्रदान गर्दै आएको सेवालाई थप विस्तार गर्दै प्रभावकारी बनाइने, योग, होमियोप्याथिक, प्राकृतिक तथा वैकलप्कि चिकित्सा पद्धतिहरुको विकास, विस्तार तथा नियमनको लागि आवश्यक व्यवस्था गरिने लक्ष्य लिइएको छ । बलवा नगरपालिकामा सुविधा सम्पन्न १५ सैयाको आधारभूत अस्पताल निर्माण गर्न विशेष प्राथमिकता दिइने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News